मुख्य समाचार
ओलीेले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप
ओलीेले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप लगाएका छन् ।

सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।

जेनजी आन्दोलनको क्रममा निजी सम्पतिमा समेत देशव्यापी रुपमा आगजनी गर्ने एवम् लुटपाट गर्ने कार्यलाई क्रान्ति या परिवर्तन मान्न नसकिने ओलीको भनाइ छ ।

‘यी घटनाहरूमा सत्ता परिवर्तनको उद्देश्यले बाह्य रुपमा प्रायोजित रणनीतिको स्पष्ट छाप देखिन्छ,’ ओलीले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘हालै विभिन्न विदेशी सञ्चार माध्यममा आएका नयाँ तथ्यहरूले नेपालको आन्तरिक राजनीतिमा भूराजनीतिक स्वार्थहरू कसरी प्रकट भएका थिए भन्ने तथ्यलाई पुष्टि गर्दै लगेका छन् ।’

साथै, नेपालको भूमिबाट छिमेकीहरूका संवेदनशीलतामाथि आँच पुर्‍याउने काम सरकारकै संरक्षणमा भइरहेको आरोप पनि उनले लगाएका छन् ।

‘त्यस घटना यता नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको छ । नेपालको भूमिबाट छिमेकीहरूका संवेदनशीलतामाथि आँच पुरÞ्याउने काम सरकारकै संरक्षणमा भइरहेका छन्,’ ओलीले आफ्नो प्रतिवेदनमा लेखेका छन् ।

साथै, उनले नेपालका मूल्यवान खनिज सम्पदाका बारेमा पछिल्लो समय आइरहेका संवेदनशील सूचना र समाचारले आम नेपालीलाई सशङ्कित बनाएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोर्खका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको ३,ओरिन्टल को अपरेटिभका ३ र कान्तीपुर सहकारीका २९ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। पहिलो ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको टिप्पणी गरेका छन् । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चीनको शान्तिपूर्ण उदय ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष भएको उल्लेख गरेका छन् । ‘विश्व अर्थतन्त्र, नवप्रवर्तन र जनसङ्ख्याको केन्द्रबिन्दुका रुपमा एसियाको उदयले महत्वपूर्ण अवसर र विशिष्ट ...
: शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ। शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सन्जालबाट बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनैपनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिएका हुन्। मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाइ निगरानी गर्न पनि निर्देशन दिएका छन्। यसैबिच शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले ...
: सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए। सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी ...
: सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए। सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम