मुख्य समाचार
सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट
सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट

: सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे।

उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए।

सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी विपद्का क्रममा भारत सरकारले पहिलो उद्धारकर्ता तथा विश्वसनीय छिमेकीका रूपमा उपलब्ध गराएको सहयोगप्रति विशेष आभार व्यक्त गरे । भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री नेपाल ल्याइनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली तथा फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उनले विपद्को कठिन समयमा प्राप्त यस सहयोगले नेपाल र भारतबीच विद्यमान मैत्री,सद्भाव,ऐक्यबद्धता र सहकार्यको गहिरो सम्बन्धलाई थप प्रतिबिम्बित गरेको बताए।

भेटमा नयाँ प्रतिनिधि सभाको गठनपछि गठन भएको नेपाल–भारत संसदीय मैत्री समूह तथा यसमार्फत अघि बढाउन सकिने अन्तर–संसदीय सहकार्यका विषयमा पनि छलफल भएको थियो । सभामुख अर्यालले संसदीय कूटनीतिले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसबाट दुवै देशका सांसदहरूबीच आपसी समझदारी,अनुभव आदानप्रदान र सहकार्य विस्तार गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।

सभामुख अर्यालले भारतीय संसदलाई लोकतन्त्रको सुदृढ संस्थाका रूपमा नेपालले उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास,संसदीय अनुभव तथा असल अभ्यासहरूको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सो अवसरमा राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताउँदै भारतले राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जानकारी गराए । संकटको घडीमा भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता उनले व्यक्त गरे।

सभामुख अर्यालले श्रीवास्तवको आगामी जिम्मेवारी तथा व्यक्तिगत जीवनको सुख,शान्ति र सुस्वास्थ्यको कामना गर्दै नेपालमा रहँदाको कार्यकालका लागि धन्यवाद व्यक्त गरे।
श्रीवास्तवले २५ जुन २०२२ मा नेपालका लागि भारतका राजदूतका रूपमा कार्यभार सम्हालेका हुन्। उनी सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए।

यसअघि उनले हङकङ,बेइजिङ र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा काम गर्नुका साथै चीनको सांघाईस्थित भारतीय महावाणिज्य दूतावासको महावाणिज्यदूत,कम्बोडियाका लागि भारतीय राजदूत तथा सांघाईस्थित न्यू डेभलपमेन्ट बैंकमा जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए। सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी ...
: सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार हतकडी लगाउनैपर्ने अवस्था नदेखिएका व्यक्तिका हकमा अन्यथा कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हतकडी लगाउने कार्य नगर्न, नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। रोशन आउजीसमेतले दायर ...
: प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय,सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेनले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका हुन्। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए। प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम सिंह थापाले गृह प्रशासन देशको सबैभन्दा प्रमुख प्रशासनिक क्षेत्र रहेको बताएका छन्। राष्ट्रिय सेवा दल विधेयकमाथि भएको छलफलमा आफ्नो कुरा राख्दै उनले गृह प्रशासनलाई पनि समेट्नुपर्ने बताए। विधेयकप्रति समर्थन जनाउँदै उनले दफा ६ मा व्यवस्था गरिएको समितिमा गृह प्रशासनलाई पनि सदस्यका रूपमा राख्नुपर्ने सुझाव दिए। उक्त समितिमा रक्षामन्त्री अध्यक्ष तथा ...
: अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले भोटेकोशी बाढीमा बेपत्ता भएका र मृतकका परिवारका लागि आर्थिक सहायता कार्यक्रम तत्काल ल्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बुढाथोकीले परिवारको सहारा र आम्दानीको स्रोत गुमाएकाले आवश्यकताअनुसार विशेष आर्थिक प्याकेज, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नु राज्यको दायित्व भएको बताएका हुन्। उनले रामेछापका ४५ जनासहित देशभरका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम