: २०औं एसियन गेम्स २०२६ मा नेपालको महिला टेबल टेनिस टोली पदकको दौडबाट बाहिरिएको छ।
जापानको आइची नागोयामा भइरहेको प्रतियोगितामा इभाना थापा, योङ्गी पौडेल र नवीता श्रेष्ठको टोली टिम इभेन्टबाट बाहिरिएको हो।
स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा माकाउ ३-१ ले पराजित हुँदै नेपाली टिम बाहिरिएको हो।
समूह 'ए' मा रहेको नेपाली टोली सोमबार चीनसँग ३-० ले पराजित भएको थियो। यी खेलाडीले अब सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्।