मुख्य समाचार
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा बाढीका कारण प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा बाढीका कारण प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन

: प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा बाढीका कारण प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले जोखिमयुक्त भौगोलिक तथा नदीतटीय क्षेत्रका बस्तीहरूको प्राविधिक अध्ययन र नक्सांकन गरी प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको हो।

बैठकले आपत्कालीन प्रशासनिक कार्यलाई छिटो, सरल र पारदर्शी बनाउन र विपद्मा ज्यान गुमाएकाहरूको वैज्ञानिक एवं प्रभावकारी डीएनए परीक्षणसहितको सम्मानजनक शव व्यवस्थापन र हक हस्तान्तरणका लागि आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन समेत निर्देशन दिएको समिति सभापति समिक्षा बास्कोटाले जानकारी दिइन्।

अन्तर्राष्ट्रिय न्यायिक संयन्त्र स्थापना गर्न र आवश्यकता अनुसार नयाँ सन्धि–सम्झौताका लागि कूटनीतिक पहल अगाडि बढाउन सरकारलाई सुझाव दिने निर्णय भएको उनले बताइन्।

बैठकमा गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले सबै सुरक्षा निकायका प्रमुखहरू र उद्धार टोलीहरू फिल्डमै खटिएर खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिए। कठिन भौगोलिक अवस्था, विषम परिस्थिति र आधुनिक प्रविधिको अभावका कारण जलविधुत आयोजनाहरुमा तत्काल चाहेजस्तो गतिमा उद्धार गर्न नसकिएको उनले बताए।

उनले सुरुमा सुरुङभित्र खाना र पानीको व्यवस्था हुन सक्ने भएकाले मानिसहरू जीवितै भेटिन सक्ने आशा गरिएको भए पनि अब जीवित भेटिने सम्भावना निकै कम देखिएको उल्लेख गरे।

सचिव शर्माले नागरिकहरूलाई यथार्थ जानकारी दिनुपर्ने दायित्व रहेकाले खोजी कार्यमा ढिलाइ नगरी उद्धार टोली र विपद् विज्ञहरूको समन्वयमा कार्य जारी राखिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए। सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी ...
: सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए। सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी ...
: सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार हतकडी लगाउनैपर्ने अवस्था नदेखिएका व्यक्तिका हकमा अन्यथा कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हतकडी लगाउने कार्य नगर्न, नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। रोशन आउजीसमेतले दायर ...
: प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय,सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेनले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका हुन्। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए। प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम सिंह थापाले गृह प्रशासन देशको सबैभन्दा प्रमुख प्रशासनिक क्षेत्र रहेको बताएका छन्। राष्ट्रिय सेवा दल विधेयकमाथि भएको छलफलमा आफ्नो कुरा राख्दै उनले गृह प्रशासनलाई पनि समेट्नुपर्ने बताए। विधेयकप्रति समर्थन जनाउँदै उनले दफा ६ मा व्यवस्था गरिएको समितिमा गृह प्रशासनलाई पनि सदस्यका रूपमा राख्नुपर्ने सुझाव दिए। उक्त समितिमा रक्षामन्त्री अध्यक्ष तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम