मुख्य समाचार
ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत
ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत

: नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

ललितपुरमा सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदन अध्ययनका लागि सम्पूर्ण सदस्यहरूलाई वितरण गरिएको एमाले नेता शेरधन राईले जानकारी दिए।

मंगलबार अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु हुने उल्लेख गर्दै उनले छलफलमा भाग लिने प्रत्येक केन्द्रीय कमिटी सदस्य तथा पदाधिकारीलाई आफ्नो विचार राख्नका लागि ३ मिनेटको समयसीमा निर्धारण गरिएको बताए। बैठकले ३ दिनभित्र सम्पन्न गर्ने गरी कार्यसूचीलाई अन्तिम रूप दिएको राईले बताए।

बैठकले विधानअनुसार केन्द्रीय कमिटीमा मनोनीत गर्नुपर्ने निश्चित सदस्यहरूको मनोनयन गर्ने, पोलिटब्युरो तथा स्थायी समितिको गठन, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चहरूको गठन गर्ने नेता राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका हुन्। निर्देशन पालना नगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया ...
: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राविधिक समस्याका कारण धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच सदस्यीय निरीक्षण टोली खटाएको छ। बोर्डले नेप्सेको कारोबार अवरुद्ध हुनुको कारण पहिचान गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको जनाएको छ। नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालन गर्ने नेप्सेबाट आइतबार बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कारोबारसम्बन्धी सर्भर ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले १३ मुलुकका लागि मापदण्डविपरीत राजदूत सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैंले मापदण्ड तोके पनि त्यसविपरीत राजदूत सिफारिस गरेको आरोप लगाए। उनले सिफारिस भएका धेरैजसो अन्तर्राष्ट्रिय संस्थागत जोडिएका पृष्ठभूमिका व्यक्तिहरू रहेको भन्दै उनले सरकारमाथि प्रश्न उठाए। ‘सरकारले आफैंले बनाएको ...
: यातायात व्यवस्था बिभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चार्डपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका बिषयमा सोमबार काठमाडौंमा सरोकारवाला निकायसंग छलफल गर्दै बिभागले हाल जारी विपद् र केहि दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्र दसैँको अग्रिम टिकट बुकिङ खुला गर्नु उपयुक्त हुने सरोकारवालाहरूको सुझावअनुसार आवश्यक निर्णय गरिने जनाएको ...
: त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। त्रिपुरेश्वरस्थित राहदानी विभागको नजिकै सडकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा २५ वर्षीय चालक दावा लामा घाइते भएका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार घाइते लामालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। उनका अनुसार अहिले बसमा लागेको आगो नियन्त्रणमा लिइसकिएको र ट्राफिक व्यवस्थापनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम