: जीतपुरसिमरा उपमहानगरपालिका-२ मा शनिबार साँझ भएको चक्कु प्रहार तथा हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।
३५ वर्षीय स्थानीय धिरज भनिने शेरबहादुर खड्काको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्त जीतपुरसिमरा उपमहानगरपालिका-१६ का आयुश राईसहित पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुरसिमरा-१६ की ४३ वर्षीया शान्ति राई, ४० वर्षीया सिता थापा मगर, जीतपुरसिमरा-२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना, २३ वर्षीय रत्न पाख्रिन तामाङ र पर्सा ठोरी घर भई जीतपुरसिमरा-२ बस्ने ३४ वर्षीया विन्दु तामाङलाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिईएको छ।
उनीहरुलाई बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।