मुख्य समाचार
इरानले मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सन्देश र वार्तासँग सम्बन्धित सर्तहरू पठाइसकेको बताए
इरानले मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सन्देश र वार्तासँग सम्बन्धित सर्तहरू पठाइसकेको बताए

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले इरानले मध्यस्थमार्फत अमेरिकासमक्ष आफ्ना सन्देश र वार्तासँग सम्बन्धित सर्तहरू पठाइसकेको बताएका छन् ।

संसद्लाई सम्बोधन गर्दै गालिबाफले युद्धको निर्णायक अन्त्यका लागि प्रयास भइरहेको बताएका हुन् ।

‘केही मानिस युद्धको कुरा गर्छन्, तर त्यसको निर्णायक अन्त्यका लागि स्पष्ट दिशा प्रस्तुत गर्दैनन्,’ गालिबाफले भने ।

उनले यस्तो सोचले वार्ता र कूटनीतिका सबै सम्भावनालाई अस्वीकार गर्दै देशलाई बिस्तारै कमजोर बनाउने लामो र अन्तहीन युद्धतर्फ लैजान सक्ने बताए ।



उनले भने, ‘हामीले लड्न पनिुपर्छ र वार्ता पनि गर्नुपर्छ ।’

उनले इरानले यसअघि राखेका सर्तहरू पूरा नभएसम्म वार्ता पुन: सुरु गर्ने र होर्मुज स्ट्रेट खोल्ने प्रश्नै नउठ्ने स्पष्ट पारे ।

यसअघि एक दिन अगाडि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले पनि यस्तै धारणा सार्वजनिक गरेका थिए ।

उनले कतार र पाकिस्तानका मध्यस्थमार्फत अमेरिकासमक्ष वार्ताका लागि इरानका सर्तहरू पठाइएको बताएका थिए ।

रेजाईका अनुसार अब इरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जवाफको प्रतीक्षामा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न ...
। अमेरिकाले पश्चिम एसियामा रहेका आफ्ना दूतावास र नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यस क्षेत्रमा बढ्दो तनावबीच मानिसहरूलाई थप सतर्क रहन आग्रह गरेको छ। अमेरिकाले इराक, बहराइन, ओमान, साउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई सावधान रहन भनेको छ। पश्चिम एसियामा जारी द्वन्द्व तीव्र रूपमा बढ्न ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको विकास र निगरानीका लागि नयाँ ‘एआई जार’ (प्रमुख सल्लाहकार) नियुक्त गर्ने र एआई फोर्स गठन गर्ने घोषणा गरेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लामो पोस्ट लेख्दै ट्रम्पले यो जानकारी दिएका हुन्। उनले एआईलाई अर्को औद्योगिक क्रान्तिको संज्ञा दिँदै यसले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने ...
। ग्रिनल्यान्डको सुरक्षासम्बन्धी विवाद सुल्झाउन अमेरिका र डेनमार्कबीच एउटा महत्वपूर्ण सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि उत्पन्न भएको कूटनीतिक तनावपछि यो सम्झौता सार्वजनिक भएको हो । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले यो सम्झौताले यस क्षेत्रको स्थिरता कायम गर्न सहयोग पुर्‍याउने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ...
गन्स एन रोजेसका विश्वप्रसिद्ध गिटारिस्ट स्ल्यास (सोल हडसन) को नामबाट सर्पको नयाँ प्रजातिको नाम राखिएको छ। न्युगिनीमा फेला परेको नयाँ सर्पको प्रजातिको नाम ‘लिएलाफिस स्ल्यासी’ अर्थात् स्ल्यासको ग्राउन्डस्नेक राखिएको छ। यो सम्मान पाएपछि स्ल्यासले भने, ‘लामो समयदेखिको रेप्टाइलप्रेमीको रूपमा न्युगिनीको लिएलाफिस स्ल्यासी मेरो नामबाट राखिएकोमा म अत्यन्तै सम्मानित महसुस गरिरहेको छु।’ सिकागोस्थित फिल्ड म्युजियमकी एसोसिएट क्युरेटर सारा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम