मुख्य समाचार
पत्रकारलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न सुझाव
पत्रकारलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न सुझाव

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न सुझाव दिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र समाचार प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिसँग सोध्नुपर्ने बताए।

‘पत्रकारिताको के नियम हुन्छ भने,तपाईँसँग प्रश्न सोध्न सक्छु भनेर प्रश्न सोधिन्छ। प्रश्न सोधिसकेपछि त्यसलाई प्रकाशित गर्नुअघि प्रकाशित गरौँ भनेर सोधिन्छ,’उनले भने, ‘तपाईंहरूले बुम ल्याएर थुतुनोमा घोच्नुहुन्छ। त्यस्तो नगर्नुहोस्।’

आइतबार बिहान नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाएको थियो। बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले सचिवालय बैठक स्थगित भएको हो भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफ दिनुको सट्टा ओलीले पत्रकारिताको अभ्यास सिकाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: छथर जोरपाटी गाउँपालिका वडा नं ३ बन्चरेमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले ...
। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन सुझाव दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास पालना ...
: काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रुपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आवद्ध भएका हुन्। रातको समयमा आवतजावत ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोप्रति सरकारमाथि टिप्पणी गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा दाहाललाई गरिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्। उनले ‘ग्रे जोन’ मिडियामा प्रधानमन्त्रीसहितको नाम जोडर सार्वजनिक समाचारको विषयमा टिप्पणी गरेकै भरमा गिरफ्तारी गरिएको भन्दै उक्त समाचारको खण्डन गर्न चुनौती पनि दिएका छन्। ‘भरत ...
: भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूमध्ये १ हजार ४३६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् । फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम