मुख्य समाचार
मन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई कठिन परिस्थितिमा समेत निरन्तर सूचना, सञ्चार र सार्वजनिक सेवा उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली आवश्यक रहेको बताए
मन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई कठिन परिस्थितिमा समेत निरन्तर सूचना, सञ्चार र सार्वजनिक सेवा उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली आवश्यक रहेको बताए

: सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई कठिन परिस्थितिमा समेत निरन्तर सूचना, सञ्चार र सार्वजनिक सेवा उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली आवश्यक रहेको बताएका छन्।

आइतबार आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित डिजिटल नेपाल कन्क्लेभमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालमा डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार र सरकारी सेवाको आधुनिकीकरणमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताए। उनले हालैको भोटेकोशी बाढीले भौतिक पूर्वाधारसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको समेत परीक्षण गरेको उल्लेख गरे। मन्त्री तिमल्सिनाले गलत सूचना र अफवाहले सङ्कटका समयमा नागरिकमा थप अनिश्चितता सिर्जना गर्न सक्ने भएकाले सूचना प्रणालीलाई विश्वसनीय र उत्तरदायी बनाउनुपर्ने बताए।

डिजिटल नेपालको आगामी चरणका लागि सूचना विश्वसनीयता र सार्वजनिक विश्वास, भरपर्दो तथा समावेशी कनेक्टिभिटी, सरकारी निकायबीच अन्तरसञ्चालन क्षमता, नागरिककेन्द्रित डिजिटल सेवा तथा कृत्रिम बौद्धिकता र तथ्याङ्क शासनको जिम्मेवार प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री तिमिल्सिनाको भनाइ छ।

दुर्गम हिमाली क्षेत्र, ग्रामीण भेग र विपद् प्रभावित नागरिकलाई समेत आवश्यक समयमा डिजिटल सेवा तथा सञ्चारमा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले डिजिटल रूपान्तरणलाई प्रविधि विकासको परियोजनामा मात्र सीमित नगरी शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: छथर जोरपाटी गाउँपालिका वडा नं ३ बन्चरेमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले ...
। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन सुझाव दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास पालना ...
: काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रुपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आवद्ध भएका हुन्। रातको समयमा आवतजावत ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोप्रति सरकारमाथि टिप्पणी गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा दाहाललाई गरिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्। उनले ‘ग्रे जोन’ मिडियामा प्रधानमन्त्रीसहितको नाम जोडर सार्वजनिक समाचारको विषयमा टिप्पणी गरेकै भरमा गिरफ्तारी गरिएको भन्दै उक्त समाचारको खण्डन गर्न चुनौती पनि दिएका छन्। ‘भरत ...
: भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूमध्ये १ हजार ४३६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् । फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम