मुख्य समाचार
बाढीमा बेपत्ता भएका ६ जनाको परिवारलाई वीरगन्ज महानगरपालिकाले सहयोग गर्ने
बाढीमा बेपत्ता भएका ६ जनाको परिवारलाई वीरगन्ज महानगरपालिकाले सहयोग गर्ने

: रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरका ६ जनाका परिवारलाई वीरगन्ज महानगरपालिकाले सहयोग उपलब्ध गराउने भएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी जगरनाथपुरको एउटै टोलका ६ जना सम्पर्कविहीन भएका थिए। बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ। टिमुरेबाट पाँच जना र बेत्रावतीबाट एक जना गरी एउटै टोलका ६ जना बेपत्ता भएका हुन्। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादव जगरनाथपुरमै पुगेर बेपत्ता भएका व्यक्तिहरुका परिवारसँग भेट गरेका छन्। उनीहरूले परिवारका सदस्यसँग भेट गरी बेपत्ताको अवस्था, खोजीका क्रममा भएका प्रयास तथा परिवारले भोगिरहेको समस्याबारे जानकारी लिएका थिए।

भेटका क्रममा मेयर सिंहले बेपत्ता परिवारको पीडामा महानगरपालिका साथमा रहेको बताउँदै तत्काल गर्न सकिने राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। बेपत्ताको खोजी, पहिचान तथा परिवारलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने पनि उनले बताए। मेयर सिंहले भने ‘आफ्नो परिवारको सदस्यको अवस्थाबारे अनिश्चित भएर बस्नुपर्दाको पीडा निकै गम्भीर हुन्छ। यो दुःखको घडीमा वीरगन्ज महानगरपालिका बेपत्ता परिवारसँगै छ। महानगरपालिकाको तर्फबाट तत्काल गर्न सकिने सहयोग उपलब्ध गराउनेछौँ र आवश्यक समन्वय पनि गर्नेछौँ,’ ।
भोटेकोशी बाढीमा बेपत्ता हुनेहरुमा २१ वर्षीय साहबुद्दिन मन्सुरी, २० वर्षीय राहुल मियाँ, १४ वर्षीय सरताज मियाँ, १७ वर्षीय समिम आलम, २० वर्षीय सर्फराज मियाँ र १६ वर्षीय रिजवान अन्सारी रहेका छन्। साहबुद्दिन, राहुल, सरताज, समिम र सर्फराज टिमुरेस्थित मोटरसाइकल ग्यारेजमा काम गर्न पुगेका थिए। रिजवान भने बेत्रावती–१० स्थित अन्सारी मोटरसाइकल वर्कसपमा काम गर्न पुगेका थिए। भदौ १० गतको विनाशकारी बाढी आएपछि उनीहरू अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन्।

समिम आलमका बुवा तैयब मियाँ मन्सुरीका अनुसार छोराको खोजीका लागि परिवारका सदस्य टिमुरेसम्म पुगे पनि कुनै जानकारी पाउन सकेका छैनन्। ‘छोरा भेटिन्छ कि भनेर टिमुरेसम्म पुग्यौँ। शव राखिएको ठाउँमा समेत पुगेर खोज्यौँ, तर छोराको कुनै अत्तोपत्तो भएन,’ उनले भने। तैयबका दाजु उजिर मियाँ मन्सुरीका छोरा सर्फराज पनि बेपत्ता छन्। एउटै परिवारका दुई दाजुभाइका एक–एक छोरा बाढीमा बेपत्ता भएका छन्। उनीहरूकै आफन्त अहमद मियाँका छोरा २० वर्षीय राहुल मियाँसमेत बेपत्ता छन्।
बेपत्ताको पहिचानका लागि भेटिएका शवसँग डीएनए परीक्षणमार्फत मिलान गर्न परिवारले रगतको नमुनासमेत बुझाएका छन्। तर अहिलेसम्म आफ्ना परिवारका सदस्यबारे कुनै निश्चित जानकारी प्राप्त हुन नसकेको उजिरले बताए।

१४ वर्षीय सरताज मियाँ मोटरसाइकल बनाउने काम सिक्न बाढी आउनुभन्दा करिब दुई महिनाअघि मात्रै टिमुरे पुगेका थिए। साहबुद्दिन र सर्फराज पनि टिमुरे गएको करिब दुई साता मात्रै भएको परिवारजनले बताएका छन्। साहबुद्दिनका बुवा अली मियाँले छोराको मोबाइल नम्बरमा अझै पनि फोन गरिरहेको बताए। ‘बाढी आएको दिनदेखि नै नम्बरमा फोन गरिरहेको छु। कतै फोन लागिहाल्छ कि, छोरा फर्केर आउँछ कि भन्ने आशा अझै छ,’ उनले भने।

भेटका क्रममा पूर्वमन्त्री यादवले विपद्का कारण आफन्त बेपत्ता भएका परिवारलाई राज्यका सबै तहबाट सहयोग र समन्वय आवश्यक रहेको बताए। उनले पीडित परिवारको अवस्था बुझेर राहत तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाए। यादवले बेपत्ता परिवारले लामो समयसम्म अनिश्चितताको पीडा व्यहोर्नुपर्ने अवस्था दुःखद रहेको भन्दै खोजी, पहिचान र राहतको कामलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए। वीरगन्जका बेपत्ता परिवारको समस्या समाधानका लागि आफ्नो तर्फबाट समेत पहल गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोप्रति सरकारमाथि टिप्पणी गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा दाहाललाई गरिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्। उनले ‘ग्रे जोन’ मिडियामा प्रधानमन्त्रीसहितको नाम जोडर सार्वजनिक समाचारको विषयमा टिप्पणी गरेकै भरमा गिरफ्तारी गरिएको भन्दै उक्त समाचारको खण्डन गर्न चुनौती पनि दिएका छन्। ‘भरत ...
: भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूमध्ये १ हजार ४३६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् । फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना ...
। सरकारले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ । यसका लागि निःशुल्क कानुनी सहायता सम्बन्धी ऐनमा संशोधन गरिँदै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यही असोज २ गते प्रतिनिधिसभामा दर्ता गरेको विधेयकको दफा ४ मा निःशुल्क कानुनी सहायता उपलब्ध गराइने असमर्थ व्यक्तिहरू सम्बन्धी व्यवस्था छ । जसमा जेनजी आन्दोलनका ...
। सरकारले निःशुल्क कानुनी सहायतामा वार्षिक १३ करोड बढी खर्च गर्ने भएको छ । यस्तो योजनासहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३’ ल्याएकी छन् । यही असोज २ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा असमर्थ पक्षलाई उपलब्ध गराइने कानुनी सहायता संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहबाट समन्वयात्मक ढंगबाट ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न सुझाव दिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र समाचार प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिसँग सोध्नुपर्ने बताए। ‘पत्रकारिताको के नियम हुन्छ भने,तपाईँसँग प्रश्न सोध्न सक्छु भनेर प्रश्न सोधिन्छ। प्रश्न सोधिसकेपछि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम