मुख्य समाचार
बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा
बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा

। कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो बनाएको छ ।

रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलबाट अग्रता लिए पनि बार्सिलोनाले त्यसको तीन मिनेटमै जवाफ फर्कायो । राफिन्हाले बक्सभित्रबाट उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा लामिन यमालको दुई असिस्टमा राफिन्हाले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले ५२औं मिनेटमा हेडरमार्फत दोस्रो तथा ६९औं मिनेटमा यमालको सुन्दर थ्रु पासलाई चिप गर्दै तेस्रो गोल गरे ।

राफिन्हाले यसअघि रेसिङ सान्टान्डरविरुद्धको ७–२ को जितमा पनि ह्याट्रिक गरेका थिए । यससँगै ब्राजिली विंगरले यस सिजन सबै प्रतियोगितामा १४ गोल तथा ला लिगामा मात्रै ९ गोल पुर्‍याएका छन् ।

यो जितसँगै बार्सिलोनाले लगातार सातौं ला लिगा जित दर्ता गर्दै ७ खेलबाट २१ अंक जोडेको छ । हान्सी फ्लिकको टोली दोस्रो स्थानको रियल म्याड्रिड र तेस्रो स्थानको रियल बेटिसभन्दा ६ अंकले अगाडि रहेको छ, यद्यपि दुवै टोलीले एक खेल कम खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले पहिलो हार बेहोरेको छ । शनिबार बेलुका भएको खेलमा ब्राइटनले आर्सनललाई ३-० ले पराजित गरेको हो । ब्राइटनको जितमा पास्कल ग्रस, चारालाम्पोस कोस्तुलास र चेमा आन्द्रियसले १-१ गोल गरे । खेलको ३१औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कोस्तुलासले अग्रता दोब्बर पारे । आन्द्रियसले ५७औं ...
। नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा भइरहेको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) अनुसार पराजित गरेका छन् । चीनको शान्सी प्रान्तस्थित लुलियाङमा भएको प्रतियोगिताको मेन कार्डअन्तर्गत १३५ पाउन्ड (ब्यान्टमवेट) मा प्रतिस्पर्धा गरेका आङ्देम्बेले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै निर्णायकहरूको सर्वसम्मत मतबाट जित निकाले । यो जितसँगै आङ्देम्बेको पछिल्लो ...
: एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद महोत्सव २०औं एसियाली खेलकुद (एसियाड) शनिबार जापानको आइची–नागोयामा भव्य उद्घाटनसँगै औपचारिक रूपमा सुरु भएको छ। जापानको नागोया सहरस्थित नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियम (पालोमा मिजुहो स्टेडियम) मा आयोजित उद्घाटन समारोहमा एसियाका ४५ राष्ट्र तथा एक शरणार्थी टोलीका खेलाडीले मार्चपास गरेका थिए। जापानका सम्राट नारुहितोले २०औं एसियाली खेलकुद औपचारिक ...
। माइकल ओलिसेको ह्याट्रिक तथा ह्यारी केनको कीर्तिमानी १००औं गोलको मद्दतमा बायर्न म्युनिखले बुन्डेसलिगामा युनियन बर्लिनलाई ७–० ले पराजित गरेको छ । बायर्नको जितमा ओलिसेले तीन गोल गर्दा केनले दुई गोल गरे । जमाल मुसियाला र इस्माइल सैबारीले पनि एक–एक गोल थपे । जितसँगै जर्मन च्याम्पियन बायर्नले जारी सिजनको अपराजित यात्रा कायम राखेको छ । अल्फोन्सो डेभिसको ...
। २०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो । नेपाली टोलीलाई राखेप सदस्य सचिव रामचरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरे । क्यानका सचिव पारस खड्का देशमा आएको बाढीको दुखद घटनापछि समग्र देशलाई नै खुसी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम