मुख्य समाचार
नेकपा एमाले पुनर्गठन कार्यदलका लागि प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार
नेकपा एमाले पुनर्गठन कार्यदलका लागि प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार

। नेकपा एमाले पुनर्गठन कार्यदलका लागि प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलमै नरहेका नेता ज्ञवालीले प्रतिवेदन तयार पारेका हुन् ।

आइतबार बिहान ९ बजे बोलाइएको कार्यदल बैठकका लागि भनेर ज्ञवालीले २९ पृष्ठको प्रतिवेदन तयार पारेका हुन् । गत बिहीबार गुन्डुमा भएको अनौपचारिक छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीलाई अलग्गै प्रतिवेदन तयार पार्न निर्देशन दिएका थिए ।

आइतबार बिहान ९ बजे बोलाइएको कार्यदलको बैठकमा पेश गर्नेगरी ज्ञवालीले तयार पारेको प्रतिवेदन कार्यदलका सदस्यहरूलाई शनिबार नै पठाइएको छ ।

अनलाइनखबरले प्राप्त गरेको सो प्रतिवेदनमा ज्ञवालीले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको मूल अंश नै हटाएका छन् ।

नेता एवं कार्यकर्ताहरूको सुझावलाई समेटेर पोखरेलले तयार पारेको प्रतिवेदनले अध्यक्ष ओलीको विदाइ हुनुपर्ने विषयलाई मूल निष्कर्ष बनाएको छ । निर्वाचनमा ऐतिहासिक पराजयको नैतिक जिम्मेवारी लिएर ओलीले राजीनामा दिनुपर्ने नभए महाधिवेशन प्रतिनिधि परिषदको बैठक असोजमा राखेर वैधानिक प्रक्रियाबाट हटाइने सन्देश पोखरेलको प्रतिवेदनमा समावेश छ ।

पोखरेलले नेतृत्व असफल बनेको र देशभरका कार्यकर्ताहरूको चाहना नेतृत्व परिवर्तन रहेको प्रतिवेदन लेखेका थिए । प्रदेशगत रुपमा कार्यकर्ताहरूले दिएको सुझाव समेत महासचिव पोखरेलको प्रतिवेदनमा समावेश छ ।

तर ज्ञवालीले नेतृत्व परिवर्तनको पूरै अंश खारेज गर्दै उल्टै अध्यक्ष ओलीको प्रशंसासमेत थपेर प्रतिवेदन तयार पारेका छन् । २०७१ सालको नवौं महाधिवेशनबाट ओली एमाले अध्यक्ष भएपछि गरेका कामहरूको लामो प्रशंसा गरेका ज्ञवालीले गत निर्वाचनको पराजय व्यक्ति विशेषका कारणले मात्र नभएको निष्कर्ष लेखेका छन् ।

‘हामीले बुझ्नुपर्छ– भदौ २३-२४ र त्यसलाई बैधता दिन आयोजित निर्वाचनको परिणाम व्यक्ति विशेषका कमजोरीका कारण सिर्जित होइन,’ ज्ञवालीले लेखेका छन् ।

ओलीले एमाले नेतृत्व छोडेको भए पनि चुनावको नतिजा यो भन्दा फरक नहुने तर्क प्रस्तुत गरेका छन् । जसको उदाहरण दिन अरु पार्टीहरूको नतिजालाई उनले सम्झिएका छन् । नेपाली कांग्रेस, नेकपा, मधेशी दल र अरु साना दलहरूले पनि चुनाव नजितेकाले ओलीलाई दोष दिन नहुने तर्क उनले प्रस्तुत गरेका छन् ।

यद्यपि नेतृत्वमाथि पार्टीभित्र प्रश्न उठेको प्रशंग पनि ज्ञवालीले सम्झिएका छन् । ‘पुनर्गठनको बहसमा नेतृत्वको प्रश्न पनि गम्भीरतापूर्वक नै उठेको यथार्थ हो । इतिहासमा कुनै पनि नेतृत्वको विषय बहस भन्दा माथि हुँदैन र हाम्रो पनि छैन,’ ज्ञवालीले लेखेका छन्, ‘प्रश्न उठेपछि हामीले यसको निराकरण महाधिवेशनको लोकतान्त्रिक विधि मार्फत गरिसकेका छौ ।’

अर्थात् गत मंसिरको अर्ली एघारौं महाधिवेशनबाट तेस्रोपटक अध्यक्ष भइसकेका ओलीलाई हटाउने गरी पार्टी कोर्स जान नहुने निष्कर्ष उनको प्रतिवेदनमा सामेल छ । निर्वाचनको नतिजाबारे भने ओली र उनी निकट नेताहरूले भन्दै आएको निष्कर्षलाई नै सदर गरेका छन् ।

ज्ञवालीको बुझाइमा एमालेले यसपटक निर्वाचन पराजित हुनुको मूल कारण विदेशी चलखेल, अल्गोरिदम, जेनजी आन्दोलनबारे जनताले कुरा नबुझ्नु र युवा पुस्ता पार्टीबाट टाढा हुनु नै हो ।

‘राष्ट्रियता, लोकतन्त्र, सामाजिक सदभाव र राष्ट्रिय एकता एवं जनताको श्रीवृद्धि एवं समृद्धि सम्बन्धी हाम्रा नीतिहरू, यस सम्बन्धमा हामीले लिएका निश्चित अडान, खेलेको भूीमका र राष्ट्रिय राजनीतिमा हाम्रो उपस्थिति अस्थिरताका संवाहक शक्तिहरूलाई पाच्य भइरहेको थिएन,’ प्रतिवेदनमा लेखेका छन्, ‘… यसपटक हाम्रा विरुद्ध गरिएका छद्म आक्रमणको बेग पनि सोचे भन्दा बढी थियो र त्यसमा हाम्रा केही कमजोरीहरूले सहयोगी भूमिका खेले ।’

अवधि पुगेपछि नेतृत्व हस्तान्तरण

नेतृत्व परिवर्तनको एजेण्डालाई पूर्ण रुपले खारेज गरेका ज्ञवालीले क्रान्तिकारी पार्टीका संस्कृति बुझाउनेगरी प्रतिवेदन लेखेका छन् ।

प्रतिवेदन अनुसार क्रान्तिकारी पार्टीको नेतृत्व बुर्जुवाहरूले जसरी फेर्न हुँदैन । ‘बुर्जुवाहरू जनतामा झुठ छर्छन्, भ्रम फैलाउछन् र संगठनको बलमा भन्दा पनि पपुलिज्मको बलमा राजनीति गर्छन्, चुनाव जित्छन्,’ ज्ञवालीको तर्क छ, ‘तर कम्युनिष्ट पार्टीले जनतालाई सत्यबारे शिक्षित र सचेत पारेर तथा संगठनको बलमा आन्दोलनलाई अगाडि बढाउनुपर्छ । यसले नेतृत्वको बेग्लै गुणको माग गर्दछ ।’

कम्युनिष्ट पार्टीमा नेतृत्व परिवर्तनको छुट्टै महत्व हुने उनको मत छ । ‘यथास्थितिवादी पार्टीहरूका लागि नेतृत्वको प्रश्न मूलतः व्यवस्थापकीय प्रश्न हो, किनभने उनीहरूले सचेतनापूर्वक आन्दोलनको नेतृत्व गर्नु पर्दैन । तर एउटा क्रान्तिकारी पार्टीको नेतृत्व भने केबल सांगठानिक विषय नभएर वैचारिक विषय पनि हो,’ ज्ञवालीले प्रतिवेदनमा भनेका छन् ।

एमालेको एघारौं महाधिवेशनको निर्णयलाई निर्वाचनको नतिजाका आधारमा सच्याउनुपर्छ भन्ने कार्यकर्ताहरूको सुझावलाई भने ज्ञवालीले पन्छाएका छन् । इमान्दारिताका साथ उनले ती सुझावहरू अभिलेखमा राखिने, कतिपय छुट्टै छलफल गर्नुपर्ने र कतिपय भविष्यमा कार्यान्वयन हुने भनेर नोट लेखेका छन् ।

प्रतिवेदनको लामो अंश भने ओलीकै नेतृत्वमा पार्टी सुधार संभव रहेको पुष्टि गर्ने व्याख्यामा खर्चिएका छन् । ज्ञवालीका अनुसार वैचारिक-राजनीतिक प्रशिक्षण, सांगठनिक सुधार र एकताबद्ध प्रयत्नबाट एमाले पुनस्र्थापित गराउन सकिनेछ ।

उनको मूल सन्देश छ– एमाले सकिएको होइन ।

‘अहिलेको निर्वाचनमा पार्टी पराजित भएको हो, समाप्त भएको होइन,’ ज्ञवालीले लेखेका छन्, ‘हामीले एउटा लडाइँ हारेका हौं, समग्र युद्ध होइन ।’ एमाले फेरि उठ्ने जग भने २१ फागुनको निर्वाचनमा प्राप्त १४ लाख मत रहेको पनि उनले सम्झिएका छन् ।

यद्यपि यो निर्वाचनको नतिजा इतिहासकै सबभन्दा ठूलो हार भएको भने उनले स्वीकारेका छन् । यो हारको कारण बुझाउन ज्ञवालीले ०७२ साल यताका घटनाक्रम र सांगठानिक कमजोरीहरूलाई परिच्छेद र बुँदाहरू बनाएर लामो व्याख्या गरेका छन् । जुन व्याख्या एमाले वृत्त र राजनीतिमा चासो राख्नेहरूका निम्ति नौलो छैन ।

ओलीले राम्रो काम गर्दागर्दै कार्यकर्ताले प्रचार नगरिदिएको, आन्तरिक एकता हुन नसकेको, बाह्य शक्तिको तागतमा पार्टी विभाजन भएको, अल्गोरिदम र युवा पुस्ता आफ्नो पक्षमा नभएको जस्ता निष्कर्ष निकाल्न ज्ञवालीले लगभग पुरा प्रतिवेदन खर्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । मन्त्री खनालको टोली आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने छन् । साथै, परराष्ट्रमन्त्री ...
। बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा मेनरोडस्थित एक होटलमा आफ्नै साथीको हत्या गरेर भागेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा २ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन् । साथीलाई चक्कु प्रहार गरेर भागेका राईलाई प्रहरीले शनिबार राति जीतपुरसिमरा १६ महेन्द्रनगर स्थित धानखेतबाट पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ...
। जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको टिप्पणी गरिन् । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनीकरण तथा ...
। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाएका छन् । सरकारविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको पनि उनको दाबी छ । नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताए । विद्रोहमा उत्रिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम