मुख्य समाचार
सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप
सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप

। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाएका छन् । सरकारविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको पनि उनको दाबी छ ।

नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताए । विद्रोहमा उत्रिएका जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि तयारी गरिराख्न पार्टी पंक्तिलाई आग्रह गरे ।

३५ वर्षमा केही पनि भएन भनेर भ्रामक प्रचार गरेर शक्तिमा आएकाहरुले प्राकृतिक प्रकोपपछि उद्धार राहतको काममा असफल भएको तथा किसानलाई मल र आममानिसलाई ग्यास दिन नसकेको बताए । महंगीले चरम सीमा पार गर्दा सरकारको उपस्थिति नदेखिएको पुनले उल्लेख गरे ।

‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरुको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे ? जनताको चुल्होमा ग्यास छैन के गरे ? किसानलाई मल छैन, के गरे ? महंगीले आकाश छोएको छ, के गरे ?’, पुनले भने, ‘यो स्वेच्छाचारी, निरंशुक र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ, दशैं, तिहार र छठपछि जनता स्वत: स्फुर्त रुपमा विद्रोहका लागि सडकमा आउँछन्, हामीले त्यसको व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ ।’

सरकारको गलत रबैका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर भएको भन्दै उनले स्वाधीनता बचाउन जनताले विद्रोह गर्ने समय आएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । मन्त्री खनालको टोली आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने छन् । साथै, परराष्ट्रमन्त्री ...
। बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा मेनरोडस्थित एक होटलमा आफ्नै साथीको हत्या गरेर भागेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा २ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन् । साथीलाई चक्कु प्रहार गरेर भागेका राईलाई प्रहरीले शनिबार राति जीतपुरसिमरा १६ महेन्द्रनगर स्थित धानखेतबाट पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ...
। जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ...
। नेकपा एमाले पुनर्गठन कार्यदलका लागि प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलमै नरहेका नेता ज्ञवालीले प्रतिवेदन तयार पारेका हुन् । आइतबार बिहान ९ बजे बोलाइएको कार्यदल बैठकका लागि भनेर ज्ञवालीले २९ पृष्ठको प्रतिवेदन तयार पारेका हुन् । गत बिहीबार गुन्डुमा भएको अनौपचारिक छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको टिप्पणी गरिन् । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनीकरण तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम