मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि गोरखाका स्थानीय तहहरुले तीन करोड रुपैयाँ राहत रकम संकलन
भोटेकोशी बाढीपीडितका लागि गोरखाका स्थानीय तहहरुले तीन करोड रुपैयाँ राहत रकम संकलन

: भोटेकोशी बाढीपीडितका लागि गोरखाका स्थानीय तहहरुले तीन करोड रुपैयाँ राहत रकम संकलन गरेका छन्। जिल्लाका ११ वटा पालिकाहरुले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुबाट रकम संकलन गरेका हुन्। उनीहरुले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएका छन्।

सबैभन्दा धेरै गोरखा नगरपालिकाले ५० लाख रुपैयाँ संकलन गरेको छ। जनप्रतिनिधिहरुबाट पाँच लाख, शिक्षक, कर्मचारीहरुबाट ३१ लाख ४० हजार ५८९, नगरपालिकाले नियुक्त गरेको कर्मचारीहरुबाट ११ लाख ३२ हजार ८९० र नगरपालिकाको कोषबाट दुईलाख २६ हजार ५२१ गरी ५० लाख रुपैयाँ संकलन गरिएको नगरपालिकाका इञ्जिनियर प्रकाश ढकालले जानकारी दिए।

त्यस्तै पालुङटार नगरपालिकाबाट ३९ लाख रुपैयाँ संकलन भएको छ । जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा नगरपालिका कोषबाट गरी सो राहत रकम संकलन गरिएको नगरपालिकाले जनाएको छ। त्यस्तै भीमसेनथापा गाउँपालिकाबाट ३५ लाख रुपैयाँ र सिरानचोक गाउँपालिकाले ३३ लाख ५० हजार रुपैयाँ संकलन गरेका छन्।

त्यसैगरी सहिदलखन गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ र बारपाक सुलिकोट गाउँपालिकाले २८ लाख ५९ हजार रुपैयाँ संकलन गरेका छन् । त्यस्तै अजिरकोट गाउँपालिकाले २७ लाख ६६ हजार रुपैयाँ र धार्चे गाउँपालिकाले १५ लाख रुपैयाँ राहत रकम संकलन गरेका छन् । त्यस्तै गण्डकी गाउँपालिकाबाट २० लाख रुपैयाँ, चुमनुब्री गाउँपालिकाबाट १२ लाख २० हजार रुपैयाँ र आरुघाट गाउँपालिकाले ११ लाख ३३ हजार रुपैयाँ राहत रकम संकलन गरेका गाउँपालिकाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ...
। नेकपा एमाले पुनर्गठन कार्यदलका लागि प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलमै नरहेका नेता ज्ञवालीले प्रतिवेदन तयार पारेका हुन् । आइतबार बिहान ९ बजे बोलाइएको कार्यदल बैठकका लागि भनेर ज्ञवालीले २९ पृष्ठको प्रतिवेदन तयार पारेका हुन् । गत बिहीबार गुन्डुमा भएको अनौपचारिक छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको टिप्पणी गरिन् । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनीकरण तथा ...
। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाएका छन् । सरकारविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको पनि उनको दाबी छ । नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताए । विद्रोहमा उत्रिएका ...
: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन्। शनिबार संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रुपमा नै नागरिकको जीवनसंग जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने बताए। संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम