मुख्य समाचार
नेतृत्वमा पदमोह र कम्युनिस्ट आचरण नभएकाले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुन पुगेको
नेतृत्वमा पदमोह र कम्युनिस्ट आचरण नभएकाले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुन पुगेको

। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले नेतृत्वमा पदमोह र कम्युनिस्ट आचरण नभएकाले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुन पुगेको बताएका छन् ।

शनिबार पुष्पलाल मित्रता केन्द्रले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताएका हुन् ।
उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्युनिस्ट पार्टीहरू निकै कमजोर अवस्थामा पुगेको बताउँदै नेतृत्वमा भएकाहरूले स–सम्मान बिदाइ लिएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने पनि बताए ।

‘मानिस कति चोटी प्रधानमन्त्री भएपछि, कतिपटक अध्यक्ष र कति पैसा भएपछि सन्तुष्ट हुन्छ ?’ नेता रावलले प्रश्न गर्दै भने, ‘वैचारिक र संगठनात्मक रूपमा नेताहरू तपाईँहरूको योगदान, त्याग देखियो । अब स–सम्मान बिदाइ हुनुस् भनेर भन्नुपर्छ ।’



आफू वामपन्थी शक्ति बलियो बनाउने जस्तोसुकै प्रस्तावमा हस्ताक्षर गर्न पनि तयार रहेको उनले बताए ।

‘देश र जनता धारासायी भएर अस्तित्व नै संकटमा पर्दा पनि म र मेरो पद भनेर अर्कालाई चुप लगाउने काम भइरहेको छ । यसरी कम्युनिस्ट आन्दोलन बलियो हुँदैन,’ उनले भने ।

विगतमा नेकपा र त्यसपछि कम्युनिस्ट नेतृत्वका सरकारमा नेतृत्वकै अकर्मण्यताका कारण कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास घटेको नेता रावलले टिप्पणी गरे ।

‘आज जनताले आफ्ना वास्तविक मुद्दा, आवाज र अवस्था सुधार्ने राजनीतिक शक्ति खोजेको छ’, रावलले भने, ‘अहिलेको सरकारले गरेका जनविरोधी र राष्ट्रघाती कामको भण्डाफोर गर्नुपर्ने बेला आएको छ । राष्ट्रिय अखण्डता र भौगोलिक रक्षाका लागि वामपन्थी शक्तिहरू उठ्नुपर्ने बेला आएको छ ।’

नेता रावलले अहिले नेपालको राष्ट्रियता र स्वाधिनता खतरामा रहेको पनि टिप्पणी गरे । ‘प्रधानमन्त्रीले सार्वभौम संसद्मा उभिएर नेपालले भारतको सीमा मिचेको छ भनेर अभिव्यक्ति दिनु, मुस्ताङको युरेनियम अमेरिका र अस्ट्रेलियामा डाटा सेन्टर स्थापनाका नाममा बुझाउनेजस्ता सम्झौता हुनुले गम्भीर खतरा उत्पन्न गराएको छ,’ उनले भने ।

यस्तो बेला वामपन्थी, देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने नेता रावलले बताए । ‘त्यसैले अब आत्मसमीक्षा गर्दै मुलुक र जनताको दीर्घकालीन हितका लागि कम्युनिस्टहरूबीच वैचारिक एकता र सहकार्यको खाँचो देखिएको छ,’ नेता रावलले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको टिप्पणी गरिन् । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनीकरण तथा ...
। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाएका छन् । सरकारविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको पनि उनको दाबी छ । नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताए । विद्रोहमा उत्रिएका ...
: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन्। शनिबार संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रुपमा नै नागरिकको जीवनसंग जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने बताए। संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई ...
। सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको प्रदेश २–०३–०१९ प ३०७ नम्बरको मोटरसाइकलले सोही दिशामा रहेका एक पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ७० ...
। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोगको प्रस्ताव राखेका छन् । संविधान दिवसमा अवसरमा शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रस्ताव राखेका हुन् । उनले संविधान संशोधनको बाटोमा एकताबद्ध भएर इमानदार ढंगले अभियान सुरु गर्नुपर्ने बताएका छन् । त्यसका लागि पहिले निश्चित समय दिएर संयुक्त संघीय संसद्बाट शुद्ध रूपमा विषयविज्ञ सम्मिलित एक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम