: नेकपा (एमाले)ले आफ्नाविरुद्ध भ्रम फैलाउनेहरुको निगरानी गर्न ‘अप्रेसन ऐना’ सञ्चालन गरेको छ। सामाजिक सञ्जालमा फैलाइएका अश्लिल, भ्रामक, गलत सूचना र राजनीतिक प्रचार सामग्रीमाथि ‘अप्रेसन ऐना’मार्फत प्रमाणसहित डिजिटल निगरानी गरिने एमालेले पार्टीको आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको छ।
एमालेविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री, गलत दाबी र तोडमोड गरिएका सूचना तथा आपत्तिजनक अभिव्यक्तिहरुलाई प्रमाणका आधारमा अभिलेख गर्ने जनाइएको छ।
आवश्यक परे यस्ता सामग्रीविरुद्ध सम्बन्धित निकायमा सामूहिक उजुरी गर्ने समेत एमालेले जनाएको छ।