मुख्य समाचार
घरायसी विवादमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
घरायसी विवादमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

: घरायसी विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गर्दा उदयपुरको चौदण्डीगढीमा एक महिलाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–२, डाँडागाउँका ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा आफ्नी ४५ वर्षीया श्रीमती बिमला राईमाथि हतियार प्रहार गरेका हुन्। राईले धारिलो हतियार सिकलले श्रीमतीको गर्दनमा प्रहार गरेको प्रहरीले जनाएको छ।

असोज ४ गते मध्यराति करिब १२:३० बजे घटना घटेपछि आरोपी गन्दु राम राई आफैं अस्थायी प्रहरी पोष्ट माडिबास पुगेर जानकारी गराएका थिए। लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेको छ।

घटनालगत्तै अस्थायी प्रहरी पोष्ट माडिबासका प्रहरी हवल्दारको कमाण्डमा खटिएको दुई जनाको टोलीले घाइते बिमलालाई उद्धार गरी नगर अस्पताल बेल्टार पुर्‍याएको थियो। तर उपचारका क्रममा राति १:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको न्युरोडबाट करिब डेढ किलो सुनजस्तो देखिने धातुसहित एक जना भारतीय पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ भेडासिंह डेरा गरी बस्ने भारत घर भएका ४१ वर्षीय मानिक दासलाई प्रहरीले पक्राउ गरेको हो । १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू र नगद ७ लाख ५६ ...
। सुनसरीको इनरूवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने ३० वर्षीय राम बहादुर यादव रहेका छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको ...
: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन् । खड्कालाई सिमरास्थित सम्झना स्टाफ होटलभित्र खाजा खाँदै गरेको अवस्थामा चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट खड्काको घाटीमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । घटना लगत्तै स्थानीयले घाइतेलाई जीतपुरसिमरा नगर ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले नेतृत्वमा पदमोह र कम्युनिस्ट आचरण नभएकाले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुन पुगेको बताएका छन् । शनिबार पुष्पलाल मित्रता केन्द्रले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्युनिस्ट पार्टीहरू निकै कमजोर अवस्थामा पुगेको बताउँदै नेतृत्वमा भएकाहरूले स–सम्मान बिदाइ लिएर नेतृत्व ...
: नेकपा (एमाले)ले आफ्नाविरुद्ध भ्रम फैलाउनेहरुको निगरानी गर्न ‘अप्रेसन ऐना’ सञ्चालन गरेको छ। सामाजिक सञ्जालमा फैलाइएका अश्लिल, भ्रामक, गलत सूचना र राजनीतिक प्रचार सामग्रीमाथि ‘अप्रेसन ऐना’मार्फत प्रमाणसहित डिजिटल निगरानी गरिने एमालेले पार्टीको आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको छ। एमालेविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री, गलत दाबी र तोडमोड गरिएका सूचना तथा आपत्तिजनक अभिव्यक्तिहरुलाई प्रमाणका आधारमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम