मुख्य समाचार
कपिलवस्तु नगरपालिका–९ कुस्मास्थित बाणगंगा नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार
कपिलवस्तु नगरपालिका–९ कुस्मास्थित बाणगंगा नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार

: कपिलवस्तु नगरपालिका–९ कुस्मास्थित बाणगंगा नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

घाँस–दाउराका लागि नदीपारि गएका उनीहरू नदीमा अचानक बाढी आएपछि बीचमै फसेका थिए। नदीको बहाव बढेपछि उनीहरू जोखिममा परेका थिए। उद्धार गरिनेमा स्थानीय ६० वर्षीया दुर्गादेवी ज्ञवाली, ३२ वर्षीया तुलसा ज्ञवाली र १० वर्षीया बिन्दु ज्ञवाली रहेका छन्।

उनीहरूको शनिबार राति करिब ८ बजेतिर सशस्त्र प्रहरी टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए।

उद्धारपछि तीनै जनालाई सुरक्षित स्थानमा ल्याइएको छ। पछिल्लो समय लगातारको वर्षाका कारण बाणगंगा नदीमा पानीको बहाव बढेकाले स्थानीयलाई नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन् । खड्कालाई सिमरास्थित सम्झना स्टाफ होटलभित्र खाजा खाँदै गरेको अवस्थामा चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट खड्काको घाटीमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । घटना लगत्तै स्थानीयले घाइतेलाई जीतपुरसिमरा नगर ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले नेतृत्वमा पदमोह र कम्युनिस्ट आचरण नभएकाले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुन पुगेको बताएका छन् । शनिबार पुष्पलाल मित्रता केन्द्रले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्युनिस्ट पार्टीहरू निकै कमजोर अवस्थामा पुगेको बताउँदै नेतृत्वमा भएकाहरूले स–सम्मान बिदाइ लिएर नेतृत्व ...
: नेकपा (एमाले)ले आफ्नाविरुद्ध भ्रम फैलाउनेहरुको निगरानी गर्न ‘अप्रेसन ऐना’ सञ्चालन गरेको छ। सामाजिक सञ्जालमा फैलाइएका अश्लिल, भ्रामक, गलत सूचना र राजनीतिक प्रचार सामग्रीमाथि ‘अप्रेसन ऐना’मार्फत प्रमाणसहित डिजिटल निगरानी गरिने एमालेले पार्टीको आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको छ। एमालेविरुद्ध सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री, गलत दाबी र तोडमोड गरिएका सूचना तथा आपत्तिजनक अभिव्यक्तिहरुलाई प्रमाणका आधारमा ...
: नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीस्थित दुई जनाको घरमा तोडफोड र आक्रमण भएको छ । कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा शनिबार राति करिब ११ः५० बजेतिर तोडफोड एवं आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भट्टराईको घरको आँगनमा रहेको गेटमा क्षति पुर्‍याइएको छ ...
। रास्वपा सांसद डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने बताएकी छिन् । नेपाल औषधि थोक ब्यवसायी संघ (पीडान) केन्द्रीय समितिको १० औं वार्षिक साधारणसभालाई काठमाडौँमा शनिबार सम्बोधन गर्दै डा. कार्कीले समय सापेक्ष औषधि ऐनलाई परिमार्जन गरिनुपर्ने बताइन् । ’२०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्दैन, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम