मुख्य समाचार
२०औं एसियाली खेलकुद (एसियाड) जापानको आइची–नागोयामा भव्य उद्घाटनसँगै औपचारिक रूपमा सुरु
२०औं एसियाली खेलकुद (एसियाड) जापानको आइची–नागोयामा भव्य उद्घाटनसँगै औपचारिक रूपमा सुरु

: एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रिय खेलकुद महोत्सव २०औं एसियाली खेलकुद (एसियाड) शनिबार जापानको आइची–नागोयामा भव्य उद्घाटनसँगै औपचारिक रूपमा सुरु भएको छ।

जापानको नागोया सहरस्थित नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियम (पालोमा मिजुहो स्टेडियम) मा आयोजित उद्घाटन समारोहमा एसियाका ४५ राष्ट्र तथा एक शरणार्थी टोलीका खेलाडीले मार्चपास गरेका थिए। जापानका सम्राट नारुहितोले २०औं एसियाली खेलकुद औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरेका थिए।

समारोहमा सम्राज्ञी मासाको, जापानी शाही परिवारका सदस्य, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी अध्यक्ष कस्र्टी कोभेन्ट्री तथा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जोआन बिन हमाद अल थानीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।

जापानले ३२ वर्षपछि एसियाली खेलकुद आयोजना गरेको हो। यसअघि जापानले सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमामा एसियाड आयोजना गरेको थियो। त्यसैले आइची–नागोया जापानमा आयोजना भएको तेस्रो एसियाली खेलकुद हो।
‘हार्मोनिक हार्ट बिट’को धड्कन
उद्घाटन समारोहको मुख्य विषय ‘हार्मोनी हर्ट बिट’ अर्थात् ‘सामञ्जस्यपूर्ण मुटुको धड्कन’ थियो। समारोहले एसियाका विभिन्न मुलुक, संस्कृति र समुदायलाई खेलकुदको साझा भावनाले जोड्ने सन्देश दिएको थियो।

उद्घाटन समारोहका निर्देशक नागोयाकै जन्मस्थल भएका चलचित्र निर्देशक युकिहिको सुत्सुमी थिए। उनले खेलाडी, दर्शक र एसियाली समाजबीचको सम्बन्धलाई एउटै लयमा जोड्ने अवधारणामा कार्यक्रम तयार गरेका थिए। मुख्य मञ्चलाई ठूलो मुटुको आकार दिइएको थियो, जसले एसियाली खेलकुदमा सहभागी खेलाडीबीचको एकता र साझा भावनालाई समेटेको थियो।

जापानी राष्ट्रिय गानबाट सुरु भएको समारोहमा राष्ट्रिय झन्डा फहराइएपछि खेलाडीको मार्चपास सुरु भएको थियो। त्यसपछि जापानी संस्कृति झल्काउने सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, आधुनिक प्रविधिको प्रयोग, प्रकाश प्रदर्शन र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले समारोहलाई जीवन्त बनाएको थियो। जापानी संगीतकार तारो हाकासेको प्रस्तुति पनि समारोहको आकर्षण बनेको थियो। आकाशमा जापानको आत्मरक्षा बलको प्रसिद्ध ब्लु इम्पल्स एरोबेटिक टोलीको हवाई प्रदर्शन पनि उद्घाटन कार्यक्रमको विशेष आकर्षण थियो।

४५ देशको मार्चपास
उद्घाटन समारोहको सबैभन्दा प्रतीक्षित क्षण खेलाडीको मार्चपास थियो। अंग्रेजी वर्णानुक्रमअनुसार विभिन्न देशका टोली स्टेडियममा प्रवेश गरेका थिए। अफगानिस्तानबाट सुरु भएको मार्चपासमा चीनसहित एसियाका प्रमुख खेल शक्तिहरूको ठूलो टोली देखिएको थियो। ४५ राष्ट्र तथा शरणार्थी टोलीका खेलाडीले आफ्नो देशको झन्डासहित मार्चपास गरेका थिए।

यसपटकको एसियाडमा ४३ खेलअन्तर्गत ४ सय ६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिता अक्टोबर ४ सम्म सञ्चालन हुनेछ। करिब ११ हजार खेलाडीको सहभागिता रहेको यस संस्करणमा केही खेल उद्घाटन समारोहअघि नै सुरु भइसकेको छ।

नेपालको झन्डा चन्द्र र मानमतीको हातमा
उद्घाटन समारोहमा नेपालको प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो। बक्सिङका चन्द्रबहादुर थापा मगर र महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले नेपालको राष्ट्रिय झन्डा बोकेर नेपाली टोलीको नेतृत्व गर्दै मार्चपास गरेका थिए।

चन्द्रबहादुरका लागि यो जिम्मेवारी उनको पछिल्लो अन्तर्राष्ट्रिय सफलताको सम्मान पनि थियो। उनले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका थिए। एसियाडमा पनि उनी नेपालका पदक सम्भावना बोकेका खेलाडीमध्ये एक हुन्।

मानमती भने नेपाली महिला कबड्डी टोलीकी महत्त्वपूर्ण खेलाडी हुन्। उनको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो। त्यसैले दुई फरक खेलका यी खेलाडीलाई नेपालको राष्ट्रिय झन्डा बोक्ने जिम्मेवारी दिनु उनीहरूको पछिल्लो अन्तर्राष्ट्रिय उपलब्धिलाई प्रतिनिधित्व गर्ने प्रतीकका रूपमा हेरिएको छ।

नेपालको टोली राष्ट्रिय झन्डासहित मैदानमा प्रवेश गर्दा नेपाली खेलाडी तथा पदाधिकारीले उत्साहपूर्वक मार्चपास गरेका थिए। १ सय ३५ नेपाली खेलाडीले यसपटक एसियाडमा प्रतिस्पर्धा गर्दै छन्। जसमा ७८ पुरुष र ५७ महिला खेलाडी छन्। नेपाली खेलाडीले २१ खेलमा सहभागिता जनाउँदै छन्।

सानो टोली, ठूलो लक्ष्य
हाङझाउ एसियाडमा २ सय ५३ खेलाडी पठाएको नेपालले यसपटक भने १ सय ३५ खेलाडीमा टोली सीमित गरेको छ। खेलाडी संख्या घटे पनि नेपालको लक्ष्य भने महत्त्वाकांक्षी छ, दोहोरो अंकमा पदक र एसियाडमा पहिलो स्वर्ण।

नेपालले यसपटक कबड्डीमा २४, क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ र बक्सिङमा सात खेलाडी सहभागी गराएको छ। एथलेटिक्स, जुडो, टेबलटेनिस र कुस्तीमा समान ६–६ खेलाडी छन्। पौडी र टेनिसमा पाँच÷पाँच तथा ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा चार–चार खेलाडी सहभागी छन्। नेपालले तेक्वान्दो, सुटिङजस्ता परम्परागत पदक सम्भावना भएका खेलसँगै कराते, बक्सिङ, कबड्डी, क्रिकेटलगायतका खेलबाट पनि राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।

उद्घाटनअघि नै प्रतिस्पर्धा
२०औं एसियाली खेलकुदको औपचारिक उद्घाटन शनिबार भए पनि केही खेल भने बुधबारदेखि नै सुरु भइसकेका छन्। महिला भलिबललगायत केही खेल उद्घाटन समारोहअघि नै सञ्चालन भएका थिए। नेपालले पनि उद्घाटनअघि नै महिला भलिबल र सफ्ट टेनिसमा प्रतिस्पर्धा गरिसकेको छ। अब आइतबारदेखि धेरै खेलमा नेपाली खेलाडीको प्रतिस्पर्धा थप तीव्र हुनेछ। करातेकी एरिका गुरुङलगायत पदकको आशा गरिएका खेलाडीको प्रतिस्पर्धा पनि त्यसपछि सुरु हुनेछ।

आयोजनामा देखिएको अर्को पाटो
उद्घाटन समारोह भव्य भए पनि आइची–नागोया एसियाडको पूर्वतयारी भने पूर्णरूपमा विवादमुक्त रहन सकेन। यसपटक परम्परागत ‘एथलेट भिलेज’ निर्माण नगरी खेलाडी तथा पदाधिकारीलाई होटल, अस्थायी कन्टेनर शैलीका आवास र क्रुज जहाजमा राखिएको छ। केही टोलीले आवास, दर्ता र यातायात व्यवस्थापनमा समस्या भोगेको गुनासो गरेका छन्। आयोजकले सहभागीको संख्या अपेक्षाभन्दा बढेकाले व्यवस्थापनमा दबाब परेको जनाएको छ।

तर, उद्घाटन समारोहले ती समस्यालाई केही समयका लागि ओझेलमा पार्दै एसियाली खेलकुदको मूल भावना, एकता, मित्रता र खेलकुदमार्फत सम्बन्ध विस्तारलाई अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। माइकल ओलिसेको ह्याट्रिक तथा ह्यारी केनको कीर्तिमानी १००औं गोलको मद्दतमा बायर्न म्युनिखले बुन्डेसलिगामा युनियन बर्लिनलाई ७–० ले पराजित गरेको छ । बायर्नको जितमा ओलिसेले तीन गोल गर्दा केनले दुई गोल गरे । जमाल मुसियाला र इस्माइल सैबारीले पनि एक–एक गोल थपे । जितसँगै जर्मन च्याम्पियन बायर्नले जारी सिजनको अपराजित यात्रा कायम राखेको छ । अल्फोन्सो डेभिसको ...
। २०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो । नेपाली टोलीलाई राखेप सदस्य सचिव रामचरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरे । क्यानका सचिव पारस खड्का देशमा आएको बाढीको दुखद घटनापछि समग्र देशलाई नै खुसी ...
। एसियाको सबैभन्दा ठूलो खेलमेला २०औं एसियन गेम्सको शनिबार जापानको आइची नागोयामा उद्घाटन भएको छ । जापानको आइची–नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा उद्घाटन भएको छ । जापानका एम्पेरर नारुहितोले २०औं एसियन गेम्स २०२६ को औपचारिक उद्घाटन भएको घोषणा गरे । जापानको राष्ट्रिय गानसँगै फ्ल्याग होस्ट गर्दै उद्घाटन समारोह सुरु भएको थियो । अन्तिममा एसियाडको टर्च बालेपछि २०औं एसियन ...
। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । उक्त खेल कात्तिक ९ गते हुनेछ । कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ । ...
। ट्राभिस हेडको विस्फोटक शतकमा अस्ट्रेलियाले जिम्बाबेलाई दोस्रो ओडीआईमा पनि पराजित गर्दै तीन खेलको शृङ्खला एक खेलअघि नै आफ्नो पक्षमा पारेको छ । हरारेमा शुक्रबार भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया ८४ रनले विजयी भयो । अस्ट्रेलियाले दिएको ३५७ रनको लक्ष्य पछ्याएको जिम्बाबे ४८.३ ओभरमा २७२ रनमै समेटियो । कप्तान सिकन्दर रजाले सर्वाधिक ४५ रन बनाउँदा ब्रेन्डन टेलरले ३९, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम