मुख्य समाचार
संयुक्त राज्य अमेरिकाले संविधान दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त
संयुक्त राज्य अमेरिकाले संविधान दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त

। संयुक्त राज्य अमेरिकाले संविधान दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुभकामना सन्देश जारी गर्दै हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा पुनर्लाभमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

शुभकामना सन्देशमा विदेशमन्त्री रुबियोले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘हालैको आकस्मिक बाढीबाट प्रभावित अमेरिकी नागरिकसहित सम्पूर्ण परिवार र समुदायप्रति हाम्रो गहिरो समवेदना छ,’ रुबियोले भनेका छन्, ‘खोज, उद्धार र पुनर्लाभको कार्य जारी रहँदा ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्न अमेरिका नेपालको साथमा छ र हामी यहाँका रिकभरी प्रयासहरूमा सहयोग गर्न प्रतिबद्ध छौँ।’

सन्देशमा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध करिब ८० वर्ष लामो रहेको स्मरण गरिएको छ। आगामी दिनमा दुवै देशको हित हुने गरी व्यापार, नवप्रवर्तन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्दै साझेदारीलाई अझ सुदृढ गर्न अमेरिका तत्पर रहेको विदेशमन्त्री रुबियोले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाले लगाएको प्रतिबन्धका कारण अत्याधुनिक ईयूभी उपकरण नपाएपछि चीनले पुराना प्रविधि प्रयोग गरेर ३–एनएमभन्दा साना चिप निर्माण गर्ने कार्य थालेको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले पुराना ईयूभी लिथोग्राफी प्रविधिबाट नै यो सफलता हासिल गरेका हुन् । वर्तमान अमेरिकी निर्यात नियन्त्रण नियमका कारण डच कम्पनी एएसएमएलले ७–एनएमभन्दा साना चिप बनाउन चाहिने अत्याधुनिक ईयूभी मेसिन चीनलाई बिक्री गर्न पाउँदैन । ताइवानी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरले रुसी ओलिगारकको पैसा फिर्ता गर्ने बताएका छन् । ट्रम्प जुनियरले बहामासमा भएको आफ्नो विवाहको खर्च बेहोर्ने रुसी व्यवसायीलाई पैसा फिर्ता दिने जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष तथा धनी रुसी व्यवसायी उमर क्रेमलेभले ट्रम्प जुनियरको विवाहको भोजका लागि लाखौं डलर खर्च गरेका थिए । यो ...
प्यालेन्टोलोजिस्टहरूले उत्तर अमेरिका बाहिर पहिलो पटक डिप्लोडोकस डाइनासोरको उपस्थिति पुष्टि गरेका छन् । यो खोजले अन्तिम जुरासिक कालमा यो चर्चित डाइनासोर कहाँ–कहाँ बस्थ्यो भन्नेबारे वैज्ञानिकहरूको बुझाइलाई बदलेको छ । फन्डासियोन कोन्हुन्तो प्यालेन्तोलोहिको दे तेरुएल–दिनोपोलिसका अनुसन्धानकर्ताहरूले यो जीवाश्मलाई जर्नल अफ भर्टिब्रेट प्यालेन्टोलोजीमा वर्णन गरेका छन् । यो नमुना युरोपमा फेला परेका डिप्लोडोसिड कङ्कालहरूमध्ये सबैभन्दा पूरा मानिएको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी संसद्‌बाट पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिको हस्ताक्षरसँगै कानुनमा परिणत भएको छ। ‘लिन्डसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको ४८ पृष्ठ लामो यस कानुनले रुसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख पाँच राष्ट्रहरूमाथि १०० ...
फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य केही विद्यार्थी घाइते भएका छन् । घाइते भएका केही विद्यार्थीलाई अस्पताल लगिएको छ । मृतकमध्ये एक जना संदिग्ध बन्दुकधारी रहेको बताइएको छ । फिलिपिन्स राष्ट्रिय प्रहरीका अनुसार घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब १:३० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम