मुख्य समाचार
१५ औं महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने
१५ औं महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका छन् ।

संविधान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका हुन् । ‘नेपाली कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउने छ,’ भिडियो सन्देशमा सभापति थापाले भनेका छन्, ‘हामी संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने छौं ।’

उनले संविधानमा कतिपय कुराहरू परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संविधान संशोधनको साहस र स्पष्टता पनि महाधिवेशनबाट ल्याउने बताएका छन् । ‘संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ । जसले संविधानका मूल्य र मानयताहरूलाई खुम्च्याउने होइन, थप विस्तार गर्ने छ,’ थापाले भनेका छन्, ‘हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउने छौं ।’

सभापति थापाले अधिवेशनमा आपसी तिक्तता थप बढाउने अवस्था निर्माण नगर्न पनि आग्रह गरेका छन् । ‘अधिवेशन हाम्रा बीचका नमिलेका मन बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ । कि यसलाई थप फाटो बढाउने अवस्था निर्माण गर्नु हुन्न,’ थापाले भनेका छन्, ‘हिजो के भएको थियो भन्ने कुरालाई हामीले वडा अधिवेशनका क्रममा बिर्सिनु पर्छ ।’

अधिवेशनमा जाँदै गर्दा एउटै मत बनाएर जाने सर्वोत्तम प्रयत्न गरिएको उनको भनाइ छ । ‘वितेको केही महिनाहरूमा पार्टीभित्रका केही विशिष्ट घटनाहरूले गर्दा केही विषयमा मतहरू बाझिँयो,’ सभापतिले भनेका छन्, ‘हामीहरू अधिवेशनमा जाँदै गर्दा एउटै मत बनाएर जाने सर्वोत्तम प्रयत्न गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको हो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो । सेनाले बिसहजारी ...
। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज (शनिबार) थप ११ वटा शव फेला परेको छ । नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ । उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी ...
। गत भदौमा पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो । द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा ...
। आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् । यसअघि आजै सरकारले टुँडिखेलमा संविधान दिवस आयोजना गरेको थियो ।
। भारतका विदेशमन्त्री एस. जयशंकरले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत परराष्ट्रमन्त्री शिशिर खनालले नामै लिएर संविधान दिवसको अवसरमा शुभकामना दिएका हुन् । ‘नेपालको राष्ट्रिय दिवसका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना,’ विदेशमन्त्री जयशंकरले लेखेका छन् । उनले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै लैजान भारत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम