मुख्य समाचार
पार्टीका नेता–कार्यकर्ताहरूलाई बनोबल दह्रो बनाउन आग्रह
पार्टीका नेता–कार्यकर्ताहरूलाई बनोबल दह्रो बनाउन आग्रह

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई बनोबल दह्रो बनाउन आग्रह गरेका छन् ।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई मनोबल दह्रो बनाउन आग्रह गरेका हुन् । ‘संविधान दिवसको अवसरमा म साथीहरूलाई आग्रह गर्न चाहन्छु– मनोबल दह्रो बनाउनुस्,’ अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरेभन्दैमा भाग्ने होइन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिक्रियावादीहरूसँग एमाले पञ्जा लडाउन तयार रहेको पनि बताए । ‘हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं,’ उनले भने, ‘फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्ने छौं ।’

प्रतिगमनले एकछिन जिने पनि सत्यले सधैंका लागि जित्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिले पार्टीविरूद्ध हमला भइरहेको पनि बताए । ओलीले आसन्न केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताको सुत्रमा बाँध्ने पनि बताए ।

‘अहिले पनि नेकपा एमालेका विरुद्ध हमला भइराखेको छ । पर्सीबाट केन्द्रीय कमिटीको बैठक सुरु हुँदैछ । अत्यत्नै सुदृढ एकताका साथ अगाडि बढ्ने छ,’ ओलीले भने, ‘केन्द्रीय कमिटीले सबै प्रकारका कुनै समस्या देखिएका छन् भने तिनको पनि उपयुक्त समाधान दिने छ । पार्टीलाई सुदृढ एकताको सुत्रमा बाँध्ने छ । अझ सक्रिय, अझ उच्च मनोवलका साथ पार्टी अगाडि जाने छ ।’

एमाले प्रक्रियाक्रियावादीसँग लडेर नेपालको निर्णय शक्तिको रुपमा फेरि स्थापित हुने उनले जिकिर गरे । ‘नेकपा एमाले यही तालले सिध्याउँछु भनेको होला, कुनै तालले नेकपा एमाले सिद्धिनेवाला छैन,’ अध्यक्ष ओलीले भने, ‘यो नेपाली जनताको साचो प्रतिनिधि पार्टी हो । साचो प्रतिनिधि शक्ति हो । अन्धविश्वासमा हिँडेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको हो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो । सेनाले बिसहजारी ...
। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज (शनिबार) थप ११ वटा शव फेला परेको छ । नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ । उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका हुन् । ‘नेपाली कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउने छ,’ भिडियो सन्देशमा सभापति थापाले ...
। गत भदौमा पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो । द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा ...
। आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् । यसअघि आजै सरकारले टुँडिखेलमा संविधान दिवस आयोजना गरेको थियो ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम