: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा बाढीपछि अहिले पनि खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकता नै राख्नुपर्ने बताएका छन्।
शुक्रबार सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले खोज, उद्धार र राहतको कार्य सम्पन्न भएपछि मात्रै दीर्घकालीन पुनःस्थापना तथा निजी एवं सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा लाग्नुपर्ने बताए। उनले विपद् व्यवस्थापन र पुनर्निर्माणका कार्यमा सरकारलाई कांग्रेसको तर्फबाट ’विनासर्त’ पूर्ण साथ, सहयोग र सहकार्य रहने स्पष्ट पारे।
संसद् र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि यसबारे निरन्तर आवाज उठाएको उनले बताए।