मुख्य समाचार
अस्ट्रेलियाले जिम्बाबेलाई दोस्रो ओडीआईमा पनि पराजित गर्दै तीन खेलको शृङ्खला एक खेलअघि नै आफ्नो पक्षमा
अस्ट्रेलियाले जिम्बाबेलाई दोस्रो ओडीआईमा पनि पराजित गर्दै तीन खेलको शृङ्खला एक खेलअघि नै आफ्नो पक्षमा

। ट्राभिस हेडको विस्फोटक शतकमा अस्ट्रेलियाले जिम्बाबेलाई दोस्रो ओडीआईमा पनि पराजित गर्दै तीन खेलको शृङ्खला एक खेलअघि नै आफ्नो पक्षमा पारेको छ ।

हरारेमा शुक्रबार भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया ८४ रनले विजयी भयो । अस्ट्रेलियाले दिएको ३५७ रनको लक्ष्य पछ्याएको जिम्बाबे ४८.३ ओभरमा २७२ रनमै समेटियो ।

कप्तान सिकन्दर रजाले सर्वाधिक ४५ रन बनाउँदा ब्रेन्डन टेलरले ३९, क्रेग एर्भिनले ३८, इनोसेन्ट कायाले ३४ र बेन करनले ३० रनको योगदान दिए ।

अस्ट्रेलियाका लागि जोश हेजलवुड, म्याथ्यु रेन्शा, कुपर कोनोली र एडम जाम्पाले समान २–२ विकेट लिए भने नेथन एलिस र ओलिभर पिकले १–१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३५६ रनको विशाल योगफल बनायो ।

हेडले ८४ बलमा १५ चौका र ३ छक्कासहित ११२ रन बनाए भने कप्तान मिच मार्शले ५३ र कुपर कोनोलीले ७८ रन जोडे । अन्तिम ओभरहरूमा २० वर्षीय ओलिभर पिकले १८ बलमा अविजित ४१ रन बनाउँदै टोलीलाई बलियो स्कोरमा पुर्‍याए ।

यो जितसँगै अस्ट्रेलियाले तीन खेलको शृङ्खलामा २–० को अग्रता बनाउँदै एक खेल बाँकी रहँदै शृङ्खला जितेको हो ।

तेस्रो तथा अन्तिम ओडीआई सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली फुटबल अहिले मैदानबाहिर व्यस्त छ। एकातिर फिफाको निलम्बनपछि नेपाली फुटबलको नियमित गतिविधि रोकिएको छ। अर्कोतिर अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबारदेखि नियमित काममा फर्कने तयारीमा छ। तर, त्यसअघि सरकार र एन्फाबीचको विवाद टुंगिनु पर्नेछ। नेपाल सरकारले एन्फामाथिको हस्तक्षेप नहटाए सोमबारदेखि नियमित काममा फर्कने दाउमा रहेको एन्फाले बताएको छ। यता सरकार भने कार्यकाल सकिएको कार्यसमितिले ...
। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल पनि २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् । यसअघि जापान जाने सूचीमा रहेका सचिव पौडेलले एसियन गेम्समा नजाने निर्णय गरेका हुन् । हालको विषम परिस्थितिमा एसियन गेम्समा जानुभन्दा जाँदा लाग्ने खर्च विपद्बाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले नजाने निर्णय गरेको सचिव पौडेलले बताए । यसअघि खेलकुद मन्त्री सस्मित ...
। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा मारेको छ । सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि गरे । सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ ।
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबमा नेपाल समूह ‘ए’को दोस्रो खेलमा इन्डोनेसियासँग पराजित भएको छ। जापानको आइची नागोयास्थित पार्क एरिना कोमाकीमा भएको खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल इन्डोनेसियासँग २५–१२, २५–२१ र २५–२० ले पराजित भएको हो। पहिलो खेलमा जापानसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल ...
: नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’ मा परेको छ। बिहीबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार नेपाल समूह ‘डी’ मा रहेर ब्राजिल, कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘डी’ मा नेपालसहित ६ टोली रहेका छन्। nullदक्षिण अमेरिकाबाट ब्राजिल, अफ्रिकाबाट डीआर कंगो र गिनी–बिसाउ तथा उत्तर अमेरिकाबाट एल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम