मुख्य समाचार
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रुपमा उठाउन सरकारलाई आग्रह
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रुपमा उठाउन सरकारलाई आग्रह

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रुपमा उठाउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं शृंखला ‘हिमचुलीको हलचल: भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री बालेन्द्र साहलाई महासभामा भाग लिएको यो नै पहिलो पटक हो भन्ने गरी आत्तिनुपर्ने आवश्यकता नरहेको बताए । उनले विगतका सरकारको विरासत बोकेर र आउने सरकारको अगुवा बनेर महासभामा निर्धक्कका साथ आफ्ना भनाइहरू राख्न सुझाव दिए ।

‘महासभामा हामीले हाम्रो आफ्नो लागि लड्ने के हो ? विपद्को प्रभाव जुन ठाउँमा परेको छ, त्यस ठाउँमा तुरुन्तै बस्तीहरू बसाउने कि नबसाउने ? भन्ने विषयदेखि लिएर हाम्रो संस्थालाई कसरी बलियो बनाउने भन्ने छ । जलवायु परिवर्तनको मुद्दा केन्द्रमा राख्नुपर्छ । अनुमानका आधारमा नभइ प्रमाणका आधारमा राख्नुपर्छ,’ उनले भने ।



सिंगो देशको प्रतिनिधित्व हुनेगरी सबै नेपालीका भावनाको प्रतिनिधित्व गर्न सुझाव दिए । जलवायु परिवर्नतको असरका क्षेत्रमा अध्ययन गर्नेहरू धेरै रहेकाले उनीहरूको सुझाव लिएर प्रमाणसहित महासभामा प्रश्तुत हुन उनले आग्रह गरे । महासभामा नेपालले केका लागि आवाज उठाउने र केका लागि लड्ने भन्ने विषय स्पष्ट राख्नुपर्ने उनको सुझाव छ ।

‘तपाईं हामी सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ । यो भन्दा अगाडिका सरकारको पनि विरासत बोकेर जाँदै हुनुहुन्छ । यो भन्दा पछाडि आउने सरकारको पनि अगुवा बनेर जाँदै हुनुहुन्छ । सिंगो देशलाई प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ,’ सभापति थापाले भने, ‘यो बेलामा हाम्रो विश्वास छ, प्रधानमन्त्रीले हामी सबैको कुरा सुनिरहनुभएको छ । हाम्रो सुझाव पनि छ, यो क्षेत्रमा यति धेरै नेपाली साथीहरूले यसमा अध्ययन गर्नुभएको छ, काम गर्नुभएको छ । नेपालभित्रै हुनुहुन्छ । अध्येता, अध्यापन गराइरहनुभएको छ । हाम्रो सोर्स हो ।’

सभापति थापाले नेपालले हरेक क्षेत्रमा जलवायुका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने भन्दै अनुमानका आधारमा नभइ प्रमाणका आधारमा प्रश्तुत हुन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
यमनमा सरकारी सेना र विद्रोही हुथी समूहबीचको तनाव तीव्र बनेको छ । बीबीसी अरबी सेवाका अनुसार पछिल्ला २४ घण्टामा सरकारी सेना र हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । केही वर्षको शान्तिपछि यमनमा दुवै पक्षबीच जुलाईदेखि फेरि द्वन्द्व बढेको हो । गत साता हुथी सशस्त्र समूहले अचानक गरेको आक्रमणपछि स्थिति थप बिग्रिएको ...
: प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम लिँदै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापका भरत चौलागाईं र दोलखाका बालिका शिवाकोटी छन्। नेपालबाट इजरायलमा केयर गिभरका लागि कामदार पठाउने भन्दै उनीहरूले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठगी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच ...
। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश अर्यालले शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटमा स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल गरिनुका साथै त्यसका लागि सल्लाहकार समिति, ...
। नेपाल वायुसेवा निगम (नेवानि) का ठूलो आकार (वाइडबडी) जहाज दुई वटै ‘ग्राउन्डेड’ हुँदा उडान अस्तव्यस्त बनेको छ । निगमले यो साता जापानको नारितामा निर्धारित उडान रद्ध गरेको छ । अन्य गन्तव्यमा पूर्वनिर्धारित उडानमा डिले र रिसेड्युल गर्दै उडाइरहेको छ । यसले निगमको टिकटमा यात्रा गर्ने हजारौंको यात्रा प्रभावित बनेको छ । निगम प्रवक्ता (प्राविधिक) देवेन्द्र पुनका ...
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जान लागेका करिब २० जना बंगलादेशी नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ। नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान लागेका उनीहरूको भ्रमण शंकास्पद् देखिएपछि प्रहरीले प्रस्थान अनुमति रद्द गरेर नियन्त्रणमा लिएको हो। शुक्रबार मालिन्दो र फ्लाइ दुबईको जहाजबाट झन्डै २० जना शंकास्पद् यात्रा गर्ने बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूमध्ये ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम