मुख्य समाचार
ओलीले संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरणा दिएको बताए
ओलीले संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरणा दिएको बताए

: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरणा दिएको बताएका छन्।

१२औँ संविधान दिवस (२०८३) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई बधाई दिँदै अध्यक्ष ओलीले वक्तव्यमार्फत संविधान निर्माणका क्रममा ठूलो मूल्य चुकाउनुपरेको स्मरण गराएका हुन्। उनले संविधानको रक्षा र पूर्ण कार्यान्वयनमा जोड दिएका छन्।

संविधानसभाबाट जारी यो ऐतिहासिक संविधानले नेपाली जनतालाई पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनाएको र संघ, प्रदेश तथा स्थानीय गरी तीन तहको शासन प्रणाली स्थापित गरेको उनले उल्लेख गरे।


नागरिक स्वतन्त्रतासहित ३१ वटा मौलिक हकको व्यवस्था गरिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले संविधानले प्रत्याभूत गरेका हकहरूलाई व्यवहारमा उतार्न राज्य बलियो हुनुपर्ने बताए। सोही सामर्थ्य निर्माण गर्दै समाजवादको दिशामा अघि बढ्न एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेको उनले स्पष्ट पारे।

आफ्नो नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण र संरचनात्मक विकासमार्फत संविधानलाई कार्यान्वयनको चरणमा लगेको दाबी गर्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति भने गम्भीर चिन्ता व्यक्त गरे। उनले राज्यका प्रमुख धरोहरहरूमाथि भएको आक्रमणपछि संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि नै संकट पैदा गरिएको आरोप लगाए।

वक्तव्यमा वर्तमान सरकार कानुनी राज्यको मान्यता विपरीत स्वेच्छाचारी ढङ्गले अघि बढेको, संवैधानिक संरचनाहरूलाई कुल्चिएको र ‘जान्नेलाई छान्ने होइन, मान्यलाई छान्ने’ नीति बनाएर अन्धाधुन्ध राजनीतिक नियुक्ति दिइरहेको दाबी गरिएको छ। साथै, सरकार बाह्य शक्तिकेन्द्रको गोटी बनेर देशलाई भू-राजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन उद्धत रहेको आरोप लगाउँदै ओलीले यस्तो स्थितिबाट मुलुकलाई जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधानका पक्षधर शक्तिहरूलाई एक ठाउँमा उभिन आह्वान गरेका छन्।

साथै अध्यक्ष ओलीले लोकतान्त्रिक, वामपन्थी एवम् देशभक्तिपूर्ण आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
यमनमा सरकारी सेना र विद्रोही हुथी समूहबीचको तनाव तीव्र बनेको छ । बीबीसी अरबी सेवाका अनुसार पछिल्ला २४ घण्टामा सरकारी सेना र हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । केही वर्षको शान्तिपछि यमनमा दुवै पक्षबीच जुलाईदेखि फेरि द्वन्द्व बढेको हो । गत साता हुथी सशस्त्र समूहले अचानक गरेको आक्रमणपछि स्थिति थप बिग्रिएको ...
: प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम लिँदै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापका भरत चौलागाईं र दोलखाका बालिका शिवाकोटी छन्। नेपालबाट इजरायलमा केयर गिभरका लागि कामदार पठाउने भन्दै उनीहरूले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठगी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच ...
। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गणेश अर्यालले शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटमा स्मृति उद्यान निर्माण गर्ने विषयमा छलफल गरिनुका साथै त्यसका लागि सल्लाहकार समिति, ...
। नेपाल वायुसेवा निगम (नेवानि) का ठूलो आकार (वाइडबडी) जहाज दुई वटै ‘ग्राउन्डेड’ हुँदा उडान अस्तव्यस्त बनेको छ । निगमले यो साता जापानको नारितामा निर्धारित उडान रद्ध गरेको छ । अन्य गन्तव्यमा पूर्वनिर्धारित उडानमा डिले र रिसेड्युल गर्दै उडाइरहेको छ । यसले निगमको टिकटमा यात्रा गर्ने हजारौंको यात्रा प्रभावित बनेको छ । निगम प्रवक्ता (प्राविधिक) देवेन्द्र पुनका ...
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जान लागेका करिब २० जना बंगलादेशी नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ। नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान लागेका उनीहरूको भ्रमण शंकास्पद् देखिएपछि प्रहरीले प्रस्थान अनुमति रद्द गरेर नियन्त्रणमा लिएको हो। शुक्रबार मालिन्दो र फ्लाइ दुबईको जहाजबाट झन्डै २० जना शंकास्पद् यात्रा गर्ने बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूमध्ये ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम