मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व (हात) असल हुनुपर्ने बताए
प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व (हात) असल हुनुपर्ने बताए

: प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व (हात) असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको मर्म र सफलता नेतृत्वकर्ताको नियतमा निर्भर रहने स्पष्ट पारेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले वर्तमान अवस्था कुनै यात्राको अन्त्य नभई नयाँ सुरुवात भएको उल्लेख गर्दै राज्यका सबै क्षेत्रमा सुशासन कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको बताए। देशमा सुशासन र पारदर्शी व्यवस्था निर्माणका लागि सरकार प्रतिबद्ध भएर लागिपरेको उनको भनाइ छ।

साथै, उनले सरकारका हरेक निकायमा पारदर्शिता र दक्षताका आधारमा नियुक्ति प्रक्रिया अघि बढाइएको जानकारी दिए। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालै भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएकाप्रति सहानुभूति व्यक्त गर्दै घरबारविहीन भएका पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि सरकारले तीव्र रूपमा काम गरिरहेको समेत स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल वायुसेवा निगम (नेवानि) का ठूलो आकार (वाइडबडी) जहाज दुई वटै ‘ग्राउन्डेड’ हुँदा उडान अस्तव्यस्त बनेको छ । निगमले यो साता जापानको नारितामा निर्धारित उडान रद्ध गरेको छ । अन्य गन्तव्यमा पूर्वनिर्धारित उडानमा डिले र रिसेड्युल गर्दै उडाइरहेको छ । यसले निगमको टिकटमा यात्रा गर्ने हजारौंको यात्रा प्रभावित बनेको छ । निगम प्रवक्ता (प्राविधिक) देवेन्द्र पुनका ...
: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जान लागेका करिब २० जना बंगलादेशी नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ। नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान लागेका उनीहरूको भ्रमण शंकास्पद् देखिएपछि प्रहरीले प्रस्थान अनुमति रद्द गरेर नियन्त्रणमा लिएको हो। शुक्रबार मालिन्दो र फ्लाइ दुबईको जहाजबाट झन्डै २० जना शंकास्पद् यात्रा गर्ने बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूमध्ये ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता दिएको बताएका छन् । शुक्रबार श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा ८० प्रतिशतभन्दा बढी काम वैदेशिक रोजगारीमा मात्र केन्द्रित हुने गरेको टिप्पणी गर्दै अब आन्तरिक र वैदेशिक रोजगारी दुवैलाई समान ...
। हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु बेस क्याम्पमा आमरण अनशन सुरु भएको छ। उत्तरी गोरखा चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको १० जनाको टोली शुक्रबारबाट समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा अनशन बसेका हुन्। जलवायु परिवर्तनका कारण हिमतालहरु फुट्ने जोखिम बढेकाले बेलैमा त्यसतर्फ उचित कदम चाल्न सरकारलाई उनीहरू ...
: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरणा दिएको बताएका छन्। १२औँ संविधान दिवस (२०८३) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई बधाई दिँदै अध्यक्ष ओलीले वक्तव्यमार्फत संविधान निर्माणका क्रममा ठूलो मूल्य चुकाउनुपरेको स्मरण गराएका हुन्। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम