मुख्य समाचार
वर्तमान सरकारले पाँच वर्ष पूरा कार्यकाल काम गरोस् भन्ने आफूले चाहेपनि अवस्था त्यस्तो संकेत नगरेको
वर्तमान सरकारले पाँच वर्ष पूरा कार्यकाल काम गरोस् भन्ने आफूले चाहेपनि अवस्था त्यस्तो संकेत नगरेको

। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले वर्तमान सरकारले पाँच वर्ष पूरा कार्यकाल काम गरोस् भन्ने आफूले चाहेपनि अवस्था त्यस्तो संकेत नगरेको बताएका छन् । शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो सरकार करिब ६ महिना व्यतित हुनलागेको छ । सरकारको समग्रताको मूल्यांकन गर्ने बेला भएको छैन । यो सरकार जनताले दिएको म्यान्डेटअनुसार पूर्ण कार्यकाल पाँच वर्ष काम गरोस् भन्ने हामी चाहन्छौं । अर्को अस्थिरता नहोस् भन्ने हाम्रो पार्टी र हाम्रो सदीक्षा छ,’ नेता भट्टराईले भने, ‘तर, बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै गएको पाँच/छ महिनाले सरकारको गति–मति सही ट्र्याकमा देखिन्न ।’


लोकतन्त्र, कानुनी राज्य र संविधानको सर्वोच्चतालाई मान्ने व्यवस्थामा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वैयक्तिक स्वतन्त्रता जस्ता विषय अक्षुण्ण रहेको उनले बताए । ‘जुनसुकै सरकार आएपनि यसलाई परिपालन गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले कानुनी शासन, संविधानको सर्वोच्चता र खुला समाज जस्ता कुरामा यो सरकार चुकिरहेको मलाई लाग्छ,’ उनले भने ।

सरकारका तर्फबाट भय र आतंक सिर्जना गर्ने, मानिसलाई भयभित बनाउने अनि शासन गर्ने प्रवृत्ति अहिले सरकारमा देखिएको उनले टिप्पणी गरे ।



‘हामी भन्दछौं–सरकारको काम सहजीकरण गर्ने हो, आतंक मच्चाउने होइन,’ उनले भने, ‘सरकारको काम जनतामा विश्वास र भरोस सिर्जना गर्ने हो, आतंक सिर्जना गर्ने होइन ।’ मान्छेलाई धम्क्याएर, तर्साएर शासन गर्ने कुरा लोकतान्त्रिक हुन नसक्ने उनले बताए ।

‘यो सरकारको गतिविधि हामी त्यतातिर देख्छौं, विभिन्न घटनाक्रमहरूमा,’ उपमहासचिव भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागले सरोकारवालासँग बाढीबाट भएको क्षतिको विवरण माग गरेको छ । पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा भएका क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरेको छ । समितिका लागि आवश्यक विवरण विभागले सार्वजनिक सूचना जारी गर्दै आह्वान गरेको हो । सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संस्था, अनुसन्धानकर्ता र आम नागरिकले विपद्बाट यातायात क्षेत्रमा भएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा भारतबाट मुर्रा भैँसी ल्याएको विषय चानचुने नभएको टिप्पणी गरेका छन् । नेकपा निटक किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले विरोधीहरूले आफ्नो खिल्ली उडाउने काम गरे पनि त्यो काम दशौं वर्षदेखि अरुले गर्न नसकेको बताए । ‘पछिल्लो भारत भ्रमणमा त विरोधीहरूले त मुर्रा ...
। सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ । को १९ प ३१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २९ वर्षीय अनिल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री साहले विधेयक लगानीमैत्री भए आगामी एक वर्षभित्रै विदेशी लगानीकर्ता ...
। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन आवश्यक कानुन र संरचना निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खालिदले वर्तमान सरकारले पनि विशेषगरी मधेशलाई निराश बनाएको बताए । संघले संविधानको अनुसूचीमा रहेका अधिकारसम्बन्धी आवश्यक कानून निर्माण नगर्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम