मुख्य समाचार
बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाले ढुङ्गे–त्रिशूली बजार जोड्ने पुल निर्माणलाई पहिलो प्राथमिकतामा
बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाले ढुङ्गे–त्रिशूली बजार जोड्ने पुल निर्माणलाई पहिलो प्राथमिकतामा

। भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाले ढुङ्गे–त्रिशूली बजार जोड्ने पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजारसहित नदीपारिका भूगोलसँगको आवागमन सम्पर्क विच्छेद भएको थियो । पुल नहुँदा बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, विस्थापितको व्यवस्थापन तथा अत्यावश्यक सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको छ ।

नगरप्रमुख राजन श्रेष्ठले प्रभावित नागरिकको दैनिकी सहज बनाउन र बाढीबाट क्षतिग्रस्त त्रिशूली बजारमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन पुल निर्माणका लागि चौतर्फी पहल भइरहेको बताए ।

उनले नेपाली सेनासँगको सहकार्यमा विभिन्न निकायको समन्वयमा मोटरेबल पुल निर्माण गर्न सकिएमा प्रभावित क्षेत्रको आवागमन सहज हुने जानकारी दिए ।



‘बाढीले बगाएका तथा पुरिएका संरचनाका कारण बगरमा परिणत भएको त्रिशूली बजारमा अपेक्षाअनुसार खोज तथा उद्धार गर्न सकिएको छैन,’ नगरप्रमुख श्रेष्ठले भने, ‘विपद्पश्चात् हाम्रो पहिलो चाहना पुल निर्माण हो । प्राविधिक अध्ययनमा नदीको बहाव र आकारका कारण पुल निर्माण गर्न कठिनाइ भइरहेको छ ।’

उनका अनुसार त्रिशूली नदी पार गर्न पुल नहुँदा प्रभावित बासिन्दा तुइनको भरमा आवतजावत गर्न बाध्य छन् । आवागमन सञ्चालन गराउन तुइन राखिए पनि त्यसबाट आवश्यकताअनुसार सेवा दिन नसकिने भएकाले स्थायी वा अस्थायी मोटरेबल पुल निर्माणको विकल्प खोज्नुपर्ने उनले बताए ।

नदीको बहाव र भूगोलले पुल निर्माणमा चुनौती

बाढीपछि त्रिशूली नदीको बहाव क्षेत्र करिब ३० मिटर उचाइमा पुगेको र नदीले दायाँबायाँ करिब १५० मिटर क्षेत्र ओगटेर बगिरहेको प्राविधिक अध्ययनले देखाएको छ ।

नदीको फराकिलो बहाव, उचाइ तथा ग्रेगर–लेदोसहितको थलथले हिलोका कारण तत्काल बेलिब्रिजलगायतका अस्थायी मोटरेबल पुल राख्न कठिनाइ रहेको सडक डिभिजन नुवाकोटको अध्ययनमा उल्लेख छ ।

सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्माले विदुर–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने गरी तत्काल पुल राख्न सकिने अवस्था नरहेको जानकारी जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा गराएका थिए ।

बाढीपछि नदीले लिएको आकार, बहावको उचाइ तथा नदीमा थुप्रिएको ग्रेगर र लेदोका कारण पुल निर्माणका लागि आवश्यक प्राविधिक तथा भौगोलिक अवस्था चुनौतीपूर्ण रहेको उनले बताए ।

असम्भव देखिए पनि विकल्प खोज्नुपर्ने सुझाव

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले जतिसक्दो चाँडो पुल निर्माण गरी त्रिशूली बजारमा पुगेको क्षतिको खोज तथा उद्धार, प्रभावितको व्यवस्थापन, विद्यालय सञ्चालन तथा त्रिशूली अस्पतालसँगको सम्पर्क पुन:स्थापना गर्नुपर्ने बताए ।

‘पुल निर्माणका लागि असम्भव देखिएका विषयमा पनि विकल्प खोजेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘त्रिशूली बजारमा भएको क्षतिको खोज तथा उद्धार, प्रभावितको व्यवस्थापन, विद्यालय सञ्चालन र अस्पतालसँगको सम्पर्क जोड्न ढिलाइ गर्नुहुँदैन ।’

जिसस प्रमुख ठकुरीले विपद्पछि प्रभावित नागरिकको जीवन सहज बनाउन आवश्यक पूर्वाधार निर्माणमा सबै निकायबीच समन्वय आवश्यक रहेको बताए ।

बाढीबाट प्रभावित दुई बस्ती जोड्न तथा नदीपारिको भूगोलसँग सम्पर्क स्थापित गर्न पुल निर्माण अत्यावश्यक देखिएको छ ।

ढुङ्गे–त्रिशूली पुल निर्माण भएमा विदुरबाट त्रिशूली नदी पारि तारकेश्वर, म्यागङ, किस्पाङ हुँदै रसुवाको उत्तरगया गाउँपालिकाको ठूलोगाउँ र डाँडागाउँसम्म आवागमन सहज हुनेछ ।

पुल अभावले बाढी प्रभावितको खोज तथा उद्धार र राहत सामग्रीको समानुपातिक वितरणमा मात्र नभई आमनागरिकको दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पारेको छ ।

विदुरतर्फका बासिन्दालाई नदी पारि रहेका अस्पताल तथा नेपाल विद्युत् प्राधिकरणका सेवा लिन कठिनाइ भइरहेको छ भने नदी पारिका बासिन्दालाई सडक तथा पुलको अभावमा सदरमुकाम हुँदै जिल्ला बाहिरसँगको सम्पर्क टुटिरहेको छ ।

बाढीपछि त्रिशूली नदीको दुवैतर्फका बासिन्दाले भोग्दै आएको आवागमन समस्या समाधान गर्न ढुङ्गे–त्रिशूली पुल निर्माणको अन्योलता चाँडै हट्ने र आवश्यक पहलले गति लिने आशा स्थानीयवासीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागले सरोकारवालासँग बाढीबाट भएको क्षतिको विवरण माग गरेको छ । पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा भएका क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरेको छ । समितिका लागि आवश्यक विवरण विभागले सार्वजनिक सूचना जारी गर्दै आह्वान गरेको हो । सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संस्था, अनुसन्धानकर्ता र आम नागरिकले विपद्बाट यातायात क्षेत्रमा भएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा भारतबाट मुर्रा भैँसी ल्याएको विषय चानचुने नभएको टिप्पणी गरेका छन् । नेकपा निटक किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले विरोधीहरूले आफ्नो खिल्ली उडाउने काम गरे पनि त्यो काम दशौं वर्षदेखि अरुले गर्न नसकेको बताए । ‘पछिल्लो भारत भ्रमणमा त विरोधीहरूले त मुर्रा ...
। सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ । को १९ प ३१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २९ वर्षीय अनिल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री साहले विधेयक लगानीमैत्री भए आगामी एक वर्षभित्रै विदेशी लगानीकर्ता ...
। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन आवश्यक कानुन र संरचना निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खालिदले वर्तमान सरकारले पनि विशेषगरी मधेशलाई निराश बनाएको बताए । संघले संविधानको अनुसूचीमा रहेका अधिकारसम्बन्धी आवश्यक कानून निर्माण नगर्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम