मुख्य समाचार
चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना भएको
चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना भएको

। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गरेका हुन् ।


दाहालले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको बताए । उनले करिव १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई आजको समयमा सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गरे ।

उनले बीआरआईलगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने बताए ।



नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उनको भनाइ छ ।

दाहालकाअनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको छ । चीन नेपालका लागि असल छिमेकीसँगै महत्वपूर्ण लगानीकर्ता तथा विकास साझेदारका रूपमा रहेको उनले बताए ।

उनले भने, ‘इतिहास तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यसलाई पढिन्छ र बुझिन्छ । एकअर्काको इतिहास बुझ्दा समाज र देशहरू सांस्कृतिक रूपमा अझ नजिक हुन्छन् । यो पुस्तक धेरैभन्दा धेरै नेपाली पाठक, विशेषगरी युवा पुस्तासम्म पुगेर नेपाल–चीन सम्बन्ध, बौद्ध धर्म र ताङ वंशसँग जोडिएको ऐतिहासिक सम्बन्ध बुझ्न सहयोग पुग्ने विश्वास लिएको छु ।’

उनले थपे, ‘मित्र राष्ट्रहरूबीचको दिगो सम्बन्ध वर्तमान सहकार्यमा मात्र होइन, साझा इतिहास र परम्पराप्रतिको सम्मानमा पनि आधारित हुन्छ । सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको छ । पारस्परिक हित र सहकार्यका क्रममा व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ ।’

राष्ट्रपति सी चिनपिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रका रूपमा अघि बढाउने तथा विश्वलाई जोड्ने उद्देश्यसहित बीआरआईको अवधारणा अघि सारेको भन्दै उनले ग्लोबल साउथका देशहरूबीच सहकार्य र साझा लाभका लागि यसले जोड दिएको बताए ।

उनले भने, ‘करिब १४ सय वर्षअघि चिनियाँ भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै नेपाल र भारतसम्म गरेको यात्रादेखि आजको सडक सञ्जालमार्फत विश्वलाई जोड्ने प्रयाससम्म हेर्दा इतिहास र वर्तमानबीच एउटा सुन्दर सम्बन्ध देखिन्छ । ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करणको प्रकाशनले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको छु । ह्वेनसाङका यात्रा–वृत्तान्त र नेपाली कलाकार अरनिकोले चीनमा सिर्जना गरेका कलाकृतिहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धको सेतुका रूपमा पुस्तौँपुस्तासम्म काम गरिरहनेछन् ।’

उनले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अब एमाले यथास्थितिमा अगाडि जान नसक्ने समीक्षा सुनाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले अगाडि बढ्न केही न केही नयाँपन चाहिने बताएका हुन् । ‘अब हाम्रो पार्टी यथास्थितिमा जान सक्दैन, अब हाम्रो पार्टीमा केही न केही नयाँपन दिनुपर्छ,’ भट्टराईले भने, ‘त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, संगठनको ...
। नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य तथा मुख्य सचेतक रोशनी मेचेले प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार तथा स्रोत उपलब्ध नगराउँदा सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा प्रादेशिक समयअन्तर्गत बोल्दै मेचेले संविधानको धारा २३२ ले परिकल्पना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वय व्यवहारमा प्रभावकारी बन्न ...
। सरकारले रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद् बैठकले प्राचीन संरक्षण ऐन २०१३ अनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार चार किल्ला तोकी स्मारक क्षेत्र घोषणा गरिएको हो । पूर्वमा जनकपुर भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालय ...
। भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाले ढुङ्गे–त्रिशूली बजार जोड्ने पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजारसहित नदीपारिका भूगोलसँगको आवागमन सम्पर्क विच्छेद भएको थियो । पुल नहुँदा बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, विस्थापितको व्यवस्थापन तथा अत्यावश्यक सेवा ...
। मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् । यही असोज १० गते शनिबार येँया पुन्हि:का दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले बताए । विगतमा जात्रा नियमित हुन सकेको थिएन । विसं ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम