: नेपाल एलपी ग्यास उद्योग संघले प्रति सिलिण्डर २०६० मा नबढाएर बिक्री गर्ने व्यवसायीहरुलाई अनुरोध गरेको छ। भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएर ग्यास आपूर्तीमा असहज भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानी भाडा थप गरेर प्रति सिलिण्डर २१६५.३८ मा बिक्री वितरण गर्न भनेको थियो।
तर कृष्णभीरमा वैकल्पिक ट्र्याक खोलेर यातायात सुचारु भएसंगै संघले २०६० मा सिलिण्डर बिक्री गर्न आग्रह गरेको हो। संघले २०६० मा नबढाइ बिक्री वितरण गर्न सम्पूर्ण बिक्रेताहरुलाई सूचित गराएको हो।