: झापा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुने मोटरसाइकल चालक भारत किशनगञ्ज जिल्ला जनता सिंघिमारी फुटानी बजार निवासी २८ वर्षीय सुल्तान अली रहेका छन्।
प्रहरीका अनुसार बिहिबार बिहान साढे १० बजे झापा गाउँपालिका–३ मा सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नम्बरको हिरो ग्ल्यामर मोटरसाइकल अचानक आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक अली गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका अलीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो। मोटरसाइकललाई प्रहरी चौकी टाघनडुब्बाको नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।