मुख्य समाचार
निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने
निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने

: प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी उद्घाटन गर्दै सभामुख अर्यालले विगत लामो समयदेखि निजी क्षेत्रले नै सम्पूर्ण व्यावसायिक जोखिम मोलेर देशको अर्थतन्त्र धानेको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताएका हुन्।

उनले नेपालका करिब ८० प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रिने गरेको र तीव्र सहरीकरण भइरहेकाले नयाँ विकास र निर्माणको ठूलो सम्भावना रहेको बताए। रियल इस्टेट आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएकाले यस क्षेत्रलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ।

उनले व्यवसायीहरूको प्रमुख समस्याका रूपमा रहेको ’हदबन्दी’ को विषयमा सरकार गम्भीर रहेको भन्दै यसको छिट्टै समाधान निकालिने विश्वास व्यक्त गरे। नयाँ पुस्तालाई आकर्षित गर्न यस पेशालाई मर्यादित, सुरक्षित र सम्मानित बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले हालैको बाढीका कारण पाँच वर्षको पुँजीगत खर्चले पनि नभ्याउने गरी ठूलो भौतिक क्षति भएको भन्दै विपद्पछिको पुनर्निर्माण, दिगो संरचना निर्माण र आर्थिक पुनरुत्थानमा निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी सवारी सञ्चालनमा आएपछि नागढुंगा–मुग्लिन सडकखण्डमा सवारीको चाप बढेको छ। सवारीसाधनको चाप बढेसँगै सडकबाट उड्ने धुलोका कारण सडक आसपासका स्थानीय तथा व्यवसायीलाई सास्ती भएको छ। कृष्णभीरमा नयाँ ट्र्याक खुलेसँगै लामो समयदेखि रोकिएका तथा नियमित रूपमा गुड्ने सवारीसाधन सञ्चालनमा आएका हुन्। सवारी आवागमन बढेसँगै सडकमा धुलो उड्ने समस्या पनि बढेको स्थानीय चन्द्रमान ...
: नेपाल एलपी ग्यास उद्योग संघले प्रति सिलिण्डर २०६० मा नबढाएर बिक्री गर्ने व्यवसायीहरुलाई अनुरोध गरेको छ। भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएर ग्यास आपूर्तीमा असहज भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानी भाडा थप गरेर प्रति सिलिण्डर २१६५.३८ मा बिक्री वितरण गर्न भनेको थियो। तर कृष्णभीरमा ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत उजुरी दर्ता भएको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा सन्दर्भमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ३३ हजार ५ सय १९ उजुरी मध्ये सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत रहेको जनाएको हो ...
: अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। बुधबार भएको भेटवार्तामा नेपाल-जापान आर्थिक सहकार्यका विषयमा छलफल भएको जापानी दूतावासले जनाएको छ। भेटमा जापानले नेपाललाई उपलब्ध गराउँदै आएको आकस्मिक सहायता लगायतका विषयमा समेत छलफल भएको थियो। भेटवार्तामा प्रभावित समुदायलाई समयमै सहयोग उपलब्ध गराउने, आर्थिक पुनरुत्थान तथा दीर्घकालीन उत्थानशीलता कायम गर्ने विषयमा दुवै ...
: सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३-२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई सरकारले निरन्तरता दिएको हो। युवा जनशक्तिको ऊर्जा तथा सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने नीतिगत लक्ष्यअनुरूप युवा, श्रम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम