मुख्य समाचार
बैंक खातामार्फत भएको ठूलो रकमको शंकास्पद कारोबारमाथि अनुसन्धान गर्दै सुनसरी प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ
बैंक खातामार्फत भएको ठूलो रकमको शंकास्पद कारोबारमाथि अनुसन्धान गर्दै सुनसरी प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ

: बैंक खातामार्फत भएको ठूलो रकमको शंकास्पद कारोबारमाथि अनुसन्धान गर्दै सुनसरी प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूको संलग्नतामा एक अर्ब ५७ करोड ६४ लाख रुपैयाँभन्दा बढी रकम हुण्डीमार्फत कारोबार भएको पत्ता लागेको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साहलाई बिहीबार पक्राउ गरिएको हो।

सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर दुवै जनालाई विराटनगरबाटै पक्राउ गरिएको खड्काले बताए। उनका अनुसार हुण्डी कारोबार भइरहेको विशेष सूचना पाएपछि केही व्यक्तिको बैंकिङ गतिविधिमाथि निगरानी सुरु गरिएको थियो। बैंक खाताको कारोबार विश्लेषण गर्दा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका खाताबाट ठूलो परिमाणमा रकम आदानप्रदान भएको भेटिएपछि अनुसन्धानलाई थप अघि बढाइएको जानकारी डीएसपी खड्काले दिए।




हालसम्मको अनुसन्धानबाट एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन सय चालिस रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डी कारोबारमा प्रयोग भएको देखिएको उनको भनाइ छ। उनका अनुसार विभिन्न बैंक खातामा रकम जम्मा हुने र अर्को खातामा पठाइने क्रम, कारोबारको प्रकृति तथा सम्बन्धित व्यक्तिहरूसँगको सम्पर्कलगायत पक्षलाई अनुसन्धानको आधार बनाइएको छ। प्रहरीले कारोबारमा संलग्न अन्य व्यक्तिको पहिचान, प्रयोग भएका बैंक खाता तथा रकमको स्रोत र गन्तव्यका बारेमा पनि अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका साहद्वयलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बैंकिङ प्रणालीमा ठूलो रकमको कारोबार देखिँदैमा त्यसलाई मात्र आधार बनाएर कसुर प्रमाणित नहुने स्पष्ट पारेको छ। रकम कहाँबाट आयो, के प्रयोजनका लागि प्रयोग भयो र कारोबारको वास्तविक कानुनी प्रकृति के हो भन्ने विषय अनुसन्धानबाट खुलेपछि मात्र कसुर स्थापित हुने प्रहरीले जनाएको छ। हुण्डी कारोबारको सम्भावित सञ्जाल, रकमको वास्तविक स्रोत र गन्तव्य तथा अन्य व्यक्तिको संलग्नताका विषयमा अनुसन्धान जारी रहेको जानकारी डीएसपी खड्काले दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी सवारी सञ्चालनमा आएपछि नागढुंगा–मुग्लिन सडकखण्डमा सवारीको चाप बढेको छ। सवारीसाधनको चाप बढेसँगै सडकबाट उड्ने धुलोका कारण सडक आसपासका स्थानीय तथा व्यवसायीलाई सास्ती भएको छ। कृष्णभीरमा नयाँ ट्र्याक खुलेसँगै लामो समयदेखि रोकिएका तथा नियमित रूपमा गुड्ने सवारीसाधन सञ्चालनमा आएका हुन्। सवारी आवागमन बढेसँगै सडकमा धुलो उड्ने समस्या पनि बढेको स्थानीय चन्द्रमान ...
: नेपाल एलपी ग्यास उद्योग संघले प्रति सिलिण्डर २०६० मा नबढाएर बिक्री गर्ने व्यवसायीहरुलाई अनुरोध गरेको छ। भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएर ग्यास आपूर्तीमा असहज भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानी भाडा थप गरेर प्रति सिलिण्डर २१६५.३८ मा बिक्री वितरण गर्न भनेको थियो। तर कृष्णभीरमा ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत उजुरी दर्ता भएको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा सन्दर्भमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ३३ हजार ५ सय १९ उजुरी मध्ये सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत रहेको जनाएको हो ...
: अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। बुधबार भएको भेटवार्तामा नेपाल-जापान आर्थिक सहकार्यका विषयमा छलफल भएको जापानी दूतावासले जनाएको छ। भेटमा जापानले नेपाललाई उपलब्ध गराउँदै आएको आकस्मिक सहायता लगायतका विषयमा समेत छलफल भएको थियो। भेटवार्तामा प्रभावित समुदायलाई समयमै सहयोग उपलब्ध गराउने, आर्थिक पुनरुत्थान तथा दीर्घकालीन उत्थानशीलता कायम गर्ने विषयमा दुवै ...
: सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३-२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई सरकारले निरन्तरता दिएको हो। युवा जनशक्तिको ऊर्जा तथा सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने नीतिगत लक्ष्यअनुरूप युवा, श्रम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम