मुख्य समाचार
भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय भेट सुरु
भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय भेट सुरु

: भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय भेट सुरु गरेका छन्। वाग्लेले बिहीबार साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग उच्चस्तरीय भेटवार्ता गरे।

बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुई देशका अर्थमन्त्रीबिच औपचारिक भेटवार्ता भयो। भेटमा दुवै देशका उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता थियो।

भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री डा. वाग्ले बिहीवार बिहान ७ः३५ बजेको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए। नेपालमा हालैको विपद्पछिको पुनर्निर्माणका साथै नेपाल र भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्य बढाउन भन्दै वाग्ले दिल्ली गएका हुन्।

भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत छन्।

वाग्ले शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सोही दिन अपराह्न ५ बजे उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने साँझ ७:३० बजे भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अ श्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा सहभागी हुने तय भएको छ।

त्यसैगरी, शनिबार बिहान ९:३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। शनिबार नै बिहान ११:३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भएर साँझ ४ बजे स्वदेश फर्किने भ्रमण तालिका छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी सवारी सञ्चालनमा आएपछि नागढुंगा–मुग्लिन सडकखण्डमा सवारीको चाप बढेको छ। सवारीसाधनको चाप बढेसँगै सडकबाट उड्ने धुलोका कारण सडक आसपासका स्थानीय तथा व्यवसायीलाई सास्ती भएको छ। कृष्णभीरमा नयाँ ट्र्याक खुलेसँगै लामो समयदेखि रोकिएका तथा नियमित रूपमा गुड्ने सवारीसाधन सञ्चालनमा आएका हुन्। सवारी आवागमन बढेसँगै सडकमा धुलो उड्ने समस्या पनि बढेको स्थानीय चन्द्रमान ...
: नेपाल एलपी ग्यास उद्योग संघले प्रति सिलिण्डर २०६० मा नबढाएर बिक्री गर्ने व्यवसायीहरुलाई अनुरोध गरेको छ। भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएर ग्यास आपूर्तीमा असहज भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानी भाडा थप गरेर प्रति सिलिण्डर २१६५.३८ मा बिक्री वितरण गर्न भनेको थियो। तर कृष्णभीरमा ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत उजुरी दर्ता भएको जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा सन्दर्भमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका ३३ हजार ५ सय १९ उजुरी मध्ये सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत रहेको जनाएको हो ...
: अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। बुधबार भएको भेटवार्तामा नेपाल-जापान आर्थिक सहकार्यका विषयमा छलफल भएको जापानी दूतावासले जनाएको छ। भेटमा जापानले नेपाललाई उपलब्ध गराउँदै आएको आकस्मिक सहायता लगायतका विषयमा समेत छलफल भएको थियो। भेटवार्तामा प्रभावित समुदायलाई समयमै सहयोग उपलब्ध गराउने, आर्थिक पुनरुत्थान तथा दीर्घकालीन उत्थानशीलता कायम गर्ने विषयमा दुवै ...
: सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३-२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई सरकारले निरन्तरता दिएको हो। युवा जनशक्तिको ऊर्जा तथा सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने नीतिगत लक्ष्यअनुरूप युवा, श्रम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम