मुख्य समाचार
एन्फा नेतृत्वले आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अहिले पनि आधिकारिक मान्ने दाबी
एन्फा नेतृत्वले आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अहिले पनि आधिकारिक मान्ने दाबी

। अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अहिले पनि आधिकारिक मान्ने दाबी गरेको छ ।

एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव किरण राईले आफूहरू फिफाबाट निलम्बित भएको तर बर्खास्त नभएको बताएका हुन् ।

‘फिफाले पंकजविक्रम नेम्बाङको कमिटीलाई आधिकारिक मान्छ । त्यस हिसाबले हामी निलम्बित हो, बर्खास्त होइन । कुराकानी हुन्छ’ उनले भने ।

निलम्बनसँगै सरकारको निर्देशनका कारण खेलाडी र कर्मचारीको तलबसमेत रोकिएको महासचिव राईले उल्लेख गरे । समस्याको विषयमा सरकारले स्पष्ट निर्देशन दिनुपर्ने राईको भनाइ छ ।



‘कि त सरकारले हामीलाई स्पष्ट निर्देशन दिएर नचला भन्नुपर्‍यो । बच्चाहरूलाई परिवारको जिम्मा लगाउने हो कि सरकार आएर जिम्मा लिने हो एउटा टुंगोमा पुग्नुपर्ने हुन्छ’ उनले भने, ‘कर्मचारी साथीहरूलाई पनि स्पष्ट भनिदिनुपर्ने होला । होइन भने देखिएका समस्याहरूलाई समाधान गरेर जानुपर्छ भन्ने लाग्छ ।’

बुधबार भएको सरकार र अध्यक्ष नेम्बाङसँगको वार्ता सकारात्मक नभएको महासचिव राईले बताए । ‘सरकारसँग कुरा भयो भने फिफासहित तीन पक्षीय मिटिङको प्रस्ताव गर्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्वाटरफाइनलको सम्भावना कायम राख्न जित्नैपर्ने खेलमा खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २५-१२ ले गुमाएको नेपालले दोस्रो सेटमा भने राम्रो प्रदर्शन गरेको थियो । यद्यपी दोस्रो सेटमा नेपाल २५-२१ ले ...
। श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विराटनगर किङ्समा आबद्ध भएका छन् । विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत श्रीलंकाली स्टारलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो । असलंकाले बायाँहाते ब्याटिङ र दायाँहाते अफब्रेक बलिङ गर्ने गर्छन् । २९ वर्षीय असलंकाले श्रीलंकाका लागि हालसम्म ७७ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १,४६६ रन ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने जनाएको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले शुक्रबार पत्रकार सम्मेलनमा एकेडेमीमा रहेका खेलाडीहरूको भविष्य जोखिममा परेको भन्दै सरकारले तत्काल पहल गर्नुपर्ने बताएका हुन् । ‘भोलिसम्म सरकारबाट सकारात्मक कुरा आयो भने साफमा सहभागिता जनाउन ...
: नेपालले बंगलादेशसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मार्च अन्तिम साता नेपाल र बंगलादेशबीच टी-२०आइ सिरिज हुने जानकारी दिएको छ। क्यानका सचिव पारस खड्काले उक्त प्रतियोगिता नेपालमै आयोजना हुने जानकारी दिएका छन्। क्यानका अनुसार नेपाल र बंगलादेशको खेल चैत १२, १४ र १६ गते आयोजना हुनेछ। क्यानका सचिव खड्काले नेपाल र बंगलादेशबीचको ...
। जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै जापानसँग सोझो सेटमा हार बेहोरेको छ । नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ ले पराजित भयो । एफआईभीबी विश्व वरियतामा महिलातर्फ छैटौं स्थानमा तथा एसियाको शीर्षस्थानमा रहेको जापानसामू नेपाल निरीह देखिएको थियो । नेपालले अब प्रतियोगिताको दोस्रो खेल इन्डोनेसियासँग बिहीबार खेल्नेछ । यदि उक्त ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम