मुख्य समाचार
कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग
कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग

। नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा कर्णालीका बिरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा राजधानी काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको बताए ।


कर्णाली प्रादेशिक अस्पतालमा क्याथल्यावको मेसिन जडान भएको दुई वर्ष भइसक्दा पनि कार्डियोलोजिस्ट चिकित्सक उपलब्ध नभएको उनले बताए ।

‘हामी सबैलाई थाहा छ कर्णाली सबैभन्दा दुर्गम प्रदेश हो । विकासको हिसाबले पनि पछाडि परेको छ । र कर्णाली प्रादेशिक अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकहरूको अभाव छ । क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष भइसकेको छ । कार्डियोलोजिस्ट डाक्टर त्यहाँ हुनुहुन्न । न्युरोलोजिष्ट डाक्टरसाब पनि त्यहाँ हुनुहुन्न,’ उनले भने ।



यस्तै, अस्पतालमा न्यूरोलोजिस्ट चिकित्सकसमेत अभाव रहेको बताउँदै उनले कर्णालीको भौगोलिक विकटता, गरिबी र सडक दुर्घटनाका कारण गम्भीर अवस्थाका बिरामीलाई हिमाली क्षेत्रबाट समेत हेलिकप्टरमार्फत अस्पताल ल्याउने गरिएको उल्लेख गर्दै खड्काले न्यूरोसम्बन्धी उपचार नहुँदा समस्या हुने गरेको बताए ।

‘कर्णाली प्रदेश विकट प्रदेश हो । गरिबी छ, अशिक्षा छ । भूगोल एकदमै नमिलेको छ । गाडी र सवारी साधनहरू पनि बाटोको कारणले गर्दाखेरी धेरै दुर्घटना हुने गरेको छ । विभिन्न हिमाली क्षेत्रबाट समेत हेली रेस्क्यू गरेर बिरामीहरूलाई त्यहाँ ल्याइन्छ,’ उनले भने, ‘तर त्यहाँ टाउकोको उपचार नहुने समस्याको कारणले गर्दाखेरी अधिकांश विरामीहरू न्यूरो विशेषज्ञले हेर्नुपर्ने विरामीहरू लुम्बिनी प्रादेशिक अस्पतालमा र काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको छ । त्यसैले प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिष्ट डाक्टरको तत्काल उपलब्धता हुनुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारी ...
। ‎सप्तरीको राजविराजमा रथ यात्राका क्रममा सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ‎पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–३ सिपुरा टोल बस्ने २५ वर्षीय निरज कुमार राय रहेका छन् । सप्तरी प्रहरीका अनुसार गत भदौ २० गते कृष्ण जन्माष्टमीका अवसरमा राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रामा सहभागी राजविराज–१ बस्ने ३५ वर्षीय रोकी ...
। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी जीवनमा कहिलेकाहीँ ठेस लाग्ने भन्दै बोल्दैगर्दा भएका तिखा टिप्पणीलाई व्यक्तिगत रुपमा नलिन आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘मैले कहिलेकाहीँ बोल्दैगर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला । हामी ...
। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन् । उक्त दिन देउवाले अधिवेशनको उद्घाटन गरिदिंदा आफूहरूका लागि सम्मानको विषय हुने उनको भनाइ छ । ‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ,’ थापाले भनेका छन्, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले ...
। नेपाल विद्युत् प्राधिकरणले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत उपलब्ध गराउने भएको छ । बाढीका कारण रसुवा, नुवाकोट लगायत क्षेत्रमा १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदार बेपत्ता भएका छन् । प्राधिकरण अन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम