मुख्य समाचार
संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर सिंहदरबार गेटअगाडि भएको प्रदर्शनप्रति आपत्ति
संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर सिंहदरबार गेटअगाडि भएको प्रदर्शनप्रति आपत्ति

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर सिंहदरबार गेटअगाडि भएको प्रदर्शनप्रति आपत्ति जनाएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै विरोध जनाएका हुन् ।

महामन्त्री आचार्यले सुरुमा ‘म तिम्रो कुरासँग असहमत हुनसक्छु । तर, तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम साससम्म लडिरहनेछु’ भन्ने फ्रान्सेली लेखक, दार्शनिक र विचारक भोल्तेयरको भनाइ स्मरण गरे ।

भोल्तेयरको यो भनाइले अभिव्यक्तिको स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको सर्वोच्च मापदण्ड रहेको कुरालाई औंल्याउँछ । नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हक मानेको छ ।

‘फरक विचार राखेकै कारण सांसदहरूविरुद्ध खुल्लमखुला सिंहदरबारकै गेटअगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो’, रास्वपाका महामन्त्री आचार्यले भने ।

महामन्त्री आचार्यले रास्वपाकी सचेतक धितालको नाम लिएनन् । तर, केही दिनअगाडि धितालको अभिव्यक्तिलाई लिएर केही व्यक्तिहरूले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेका थिए ।

भदौ २३ गते पुरानो संसद् भवनको परिसरमा जेनजी शहीद प्रथम स्मृति दिवस आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमलाई लिएर धितालले टिप्पणी गरेकी थिइन् । शहीद परिवार र आन्दोलनका घाइतेको पीडा सम्बोधन नगरी भव्य मञ्च तथा धर्मगुरुको सहभागितासहित कार्यक्रम गर्नुको औचित्यमाथि प्रश्न उठाएकी थिइन् ।

जेनजीको आवाज उठाउने र सरकारका काममाथि प्रश्न गर्नेहरूले पनि कार्यक्रमको स्वरूपबारे हस्तक्षेप गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाएकी थिइन् ।

यसप्रति प्रश्न उठाएर केही व्यक्तिले सिंहदरबारको गेटअगाडि प्रदर्शन गरेका हुन् ।

यो विषय प्रतिनिधिसभामा उठाउँदै रास्वपाका महामन्त्री आचार्यले सांसदलाई बोलेकै कारण धम्की दिनेहरूउपर कारबाहीको माग गरे ।

‘यी अतिवादी धम्की दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइयोस् भनेर मैले गृहमन्त्रीज्यू र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको छु’ महामन्त्री आचार्यले भने, ‘म चाहन्छु– यस सम्मानित संसद्ले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस्, बोल्न नडराउनू हामी तिमीसँगै छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागले सरोकारवालासँग बाढीबाट भएको क्षतिको विवरण माग गरेको छ । पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा भएका क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरेको छ । समितिका लागि आवश्यक विवरण विभागले सार्वजनिक सूचना जारी गर्दै आह्वान गरेको हो । सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संस्था, अनुसन्धानकर्ता र आम नागरिकले विपद्बाट यातायात क्षेत्रमा भएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा भारतबाट मुर्रा भैँसी ल्याएको विषय चानचुने नभएको टिप्पणी गरेका छन् । नेकपा निटक किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले विरोधीहरूले आफ्नो खिल्ली उडाउने काम गरे पनि त्यो काम दशौं वर्षदेखि अरुले गर्न नसकेको बताए । ‘पछिल्लो भारत भ्रमणमा त विरोधीहरूले त मुर्रा ...
। सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ । को १९ प ३१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २९ वर्षीय अनिल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री साहले विधेयक लगानीमैत्री भए आगामी एक वर्षभित्रै विदेशी लगानीकर्ता ...
। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन आवश्यक कानुन र संरचना निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खालिदले वर्तमान सरकारले पनि विशेषगरी मधेशलाई निराश बनाएको बताए । संघले संविधानको अनुसूचीमा रहेका अधिकारसम्बन्धी आवश्यक कानून निर्माण नगर्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम