मुख्य समाचार
चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण
चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण

। चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताए।

सो विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार उनीहरू मृत फेला परेका थिए ।

प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टरमार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो ।

उद्धारका लागि नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटेको थियो ।

भोटेकोशी नदीको सतहबाट २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म पुगेको बाढीले सुरुङ पुरिएको तथा ११ वाट क्षमताका दुई वटा टर्वाइनसहित सम्पूर्ण संरचना ध्वस्त भएको प्रबन्ध निर्देशक महजर्नले जानकारी दिए ।

यसैगरी, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसहित राहत वितरण कार्य जारी रहेको, क्षतिको विवरण संकलनका लागि एक महिनाको समय तोकी कार्यादेशसहित २५ सदस्यीय समिति गठन भइसकेको, नदीमाथि तुइन तथा फड्के निर्माण भई आवतजावतलाई सहज बनाएको र बाढीपछिको सम्भावित हैजा तथा विपद्जन्य महामारीलगायत रागको रोकथामका लागि आवश्यक औषधिसहित जनशक्तिको व्यवस्था गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई अझ परिपक्व र सबल लोकतान्त्रिक व्यवस्थातर्फ अगाडि बढ्ने उद्देश्यले संविधान संशोधन गर्नुपर्ने धारणा राखेका छन् । नेसनल लेजिस्लेटिभ एकेडेमीले बिहीबार आयोजना गरेको ‘संविधान कार्यान्वयनको दोस्रो दशक: अवसर र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘संविधान स्थिरताको आधार अवश्य हो । तर पनि केही आधारभूत ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असहमत पक्षलाई केन्द्रीय कार्यालयको मात्रै नभइ हृदयको ढोका समेत खुला गरेको टिप्पणी गरेका छन् । बिहीबार झापा क्षेत्र नम्बर १ को बृहत क्षेत्रीय भेलामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उक्त भेलालाई सम्बोधन सकेर उनी अहिले केन्द्रीय कार्यालय सानेपा आइसकेका छन् । उक्त भेलामा बोल्ने क्रममा उपसभापति शर्माले भनेका छन्, ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभा खनालले भोटेकोशीमा विनाशकारी बाढी गएको निकै दिन भइसकेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘आफन्त गुमाएका र बेपत्ता रहेका परिवारको भावनाको पीडा त छँदैछ । राहत, पुन:र्स्थापना र काजकिरियाका लागि आवश्यक कानुनी प्रक्रियाले उनीहरूको पीडा झन बढाएको छ ।’ ‘आज कि भोलि भन्दै सास कि लासको प्रतिक्षामा रहेका परिवारलाई ...
। नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले ‘बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ?’ भन्दै प्रश्न समेत गरिन् । ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महँगिदा समेत सरकार जवाफदेही हुन नसकेको आरोप ...
। नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा कर्णालीका बिरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा राजधानी काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको बताए । कर्णाली प्रादेशिक अस्पतालमा क्याथल्यावको मेसिन जडान भएको दुई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम