मुख्य समाचार
मन्त्री गीता चौधरीले मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गर्ने प्रतिबद्धता
मन्त्री गीता चौधरीले मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गर्ने प्रति

। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ को उद्घाटन कार्यक्रममा सहभागी हुन मुस्ताङ आएकी मन्त्री चौधरीले बिहीबार घरपझोङ गाउँपालिका–२ मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रको अवलोकनका क्रममा यस्तो बताएकी हुन् ।

केन्द्रका प्रमुख प्रकाश पन्थले केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी आवश्यक रहेको भन्दै मन्त्री चौधरीको ध्यानाकर्षण गराएका थिए । उनले केन्द्रका गतिविधि, कार्यक्रम, समस्या तथा चुनौतीबारे पनि जानकारी गराए ।

जवाफमा मन्त्री चौधरीले फलफूलबाट उत्पादित मदिराको अन्त:शुल्कसम्बन्धी बेरुजु समस्या समाधान गर्न ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गरिने बताइन् । उनले सानो बजेटबाट स्याटेलाइट फार्म स्थापना गर्दा समय लाग्ने भएकाले त्यसलाई परियोजनाका रूपमा अघि बढाउन आवश्यक छलफल गरिने आश्वासन दिइन् ।

केन्द्रका प्रमुख पन्थका अनुसार स्थापना भएको करिब ५० वर्षपछि पहिलोपटक मन्त्रिस्तरीय भ्रमण भएको हो । मन्त्री चौधरीले केन्द्रमा उत्पादित स्याउलगायत शितोष्ण फलफूल, तरकारी तथा कृषि प्रशोधनजन्य उत्पादनका प्रदर्शनी कक्षको अवलोकन गरेकी थिइन् ।

विसं २०२३ मा स्थापना भएको शितोष्ण बागवानी विकास केन्द्रले मुस्ताङका किसानलाई फलफूल तथा तरकारीखेती र प्रविधि प्रसारसम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गर्दै आएको छ ।

केन्द्रका चारवटा ब्लकमा करिब ९०० रोपनी क्षेत्रफलमा फलफूल, तरकारी तथा अन्य कृषि बालीको उत्पादन, अनुसन्धान, अन्वेषण र क्षमता विकासका काम हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यातायात व्यवस्था विभागले सरोकारवालासँग बाढीबाट भएको क्षतिको विवरण माग गरेको छ । पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा भएका क्षतिको विवरण संकलन गर्न एक समिति गठन गरेको छ । समितिका लागि आवश्यक विवरण विभागले सार्वजनिक सूचना जारी गर्दै आह्वान गरेको हो । सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संस्था, अनुसन्धानकर्ता र आम नागरिकले विपद्बाट यातायात क्षेत्रमा भएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा भारतबाट मुर्रा भैँसी ल्याएको विषय चानचुने नभएको टिप्पणी गरेका छन् । नेकपा निटक किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले विरोधीहरूले आफ्नो खिल्ली उडाउने काम गरे पनि त्यो काम दशौं वर्षदेखि अरुले गर्न नसकेको बताए । ‘पछिल्लो भारत भ्रमणमा त विरोधीहरूले त मुर्रा ...
। सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ । को १९ प ३१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २९ वर्षीय अनिल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री साहले विधेयक लगानीमैत्री भए आगामी एक वर्षभित्रै विदेशी लगानीकर्ता ...
। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन आवश्यक कानुन र संरचना निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खालिदले वर्तमान सरकारले पनि विशेषगरी मधेशलाई निराश बनाएको बताए । संघले संविधानको अनुसूचीमा रहेका अधिकारसम्बन्धी आवश्यक कानून निर्माण नगर्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम