मुख्य समाचार
एन्फाले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने जनाए
एन्फाले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने जनाए

। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले निलम्बन फुकुवाका लागि ठोस निर्णय नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि सुरु गर्ने जनाएको छ ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले शुक्रबार पत्रकार सम्मेलनमा एकेडेमीमा रहेका खेलाडीहरूको भविष्य जोखिममा परेको भन्दै सरकारले तत्काल पहल गर्नुपर्ने बताएका हुन् ।

‘भोलिसम्म सरकारबाट सकारात्मक कुरा आयो भने साफमा सहभागिता जनाउन पनि पाउँछौं होला, अन्यथा यस्तो विकराल समस्याहरू भइरहेका छन्, सोमबारदेखि हामी फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्छौं’ तुलाधरले भने ।

उनले एन्फा एकेडेमीका बाल खेलाडीहरूको पढाइ र आवाससम्बन्धी समस्या बढ्दै गएको पनि बताए । ‘एकेडेमीमा रहेका बच्चाहरूको पढाइ र खानाको समस्या भइरहेको छ, खाना नै नदिइकन राख्ने कुरा पनि भएन’ उनले भने ।


तुलाधरका अनुसार सरकारले निलम्बन फुकुवाका लागि गर्ने कुनै पनि पहलमा एन्फाले पूर्ण साथ दिनेछ। तर कुनै प्रगति नभए फिफाको नियमअनुसार दैनिक फुटबल गतिविधि अघि बढाइने उनले स्पष्ट पारे ।

‘सरकारले गर्ने पहलमा हाम्रो पनि साथ रहनेछ, केही पहल भएन भने फिफाको नियमअनुसार दैनिक गतिविधि अगाडि बढाउँछौं’ उनले भने ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असारमा एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिबाट बाहिर छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालले बंगलादेशसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मार्च अन्तिम साता नेपाल र बंगलादेशबीच टी-२०आइ सिरिज हुने जानकारी दिएको छ। क्यानका सचिव पारस खड्काले उक्त प्रतियोगिता नेपालमै आयोजना हुने जानकारी दिएका छन्। क्यानका अनुसार नेपाल र बंगलादेशको खेल चैत १२, १४ र १६ गते आयोजना हुनेछ। क्यानका सचिव खड्काले नेपाल र बंगलादेशबीचको ...
। जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै जापानसँग सोझो सेटमा हार बेहोरेको छ । नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ ले पराजित भयो । एफआईभीबी विश्व वरियतामा महिलातर्फ छैटौं स्थानमा तथा एसियाको शीर्षस्थानमा रहेको जापानसामू नेपाल निरीह देखिएको थियो । नेपालले अब प्रतियोगिताको दोस्रो खेल इन्डोनेसियासँग बिहीबार खेल्नेछ । यदि उक्त ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा स्थान सुधार गरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार बाँयाहाते स्पीनर ललितले पाँच स्थान सुधार गर्दा लेग स्पीनर सन्दीपले ३ स्थान सुधार गरेका हुन् । नयाँ वरियतामा ललित ४०औं स्थानमा छन् भने सन्दीप ४६औं स्थानमा छन् ...
। नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ५ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ५ स्थान सुधार गर्दै १७औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १७१ भएको छ । यसअघि उनको रेटिङ अंक १५९ थियो । गत शनिबार सम्पन्न एसीसी प्रिमियर ...
: नेपाल क्रिकेट संघ (क्यान)ले २० औं एसियन गेम्स खेल्ने टोलीको नाम सार्वजनिक गरेको छ। मंगलबार साँझ क्यानले टोलीको नाम सार्वजनिक गरेको हो। घाइते नन्दन यादवको टिममा पुनरागमन भएको छ भने एकदिवसीय फर्म्याटमा एसीसी प्रिमियर कप खेल्दा टिमबाट ड्रप भएका कुशल भुर्तेल पनि टिममा फर्किएका छन।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम