मुख्य समाचार
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति सांसद राईको आपत्ति
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति सांसद राईको आपत्ति

। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरिएको लोककल्याणकारी विज्ञापनको रकम सूचना तथा सञ्चार मन्त्रालयले कार्यविधिमार्फत घटाउने निर्णय गर्नु संसदको अधिकार र सार्वभौमिकताको अपमान भएको बताए ।


सरकारले २०८३ भदौ ५ गते कार्यविधिमार्फत लोककल्याणकारी विज्ञापनको रकम घटाउने निर्णय गरेको थियो ।

प्रमुख सचेतक राईले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकका लागि सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकालाई ध्यानमा राख्दै लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्नुको सट्टा समयअनुकूल वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।



‘आर्थिक वर्ष २०८३/८४ को बजेटमा विनियोजन भएको लोक कलयाणकारी विज्ञापनको रकमलाई भदौ ५ गते सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको कार्यविधि मार्फत घटाउने र नियन्त्रण गर्ने कार्य संसदको अधिकार र सार्वभौमिकताको अपमान हो । कहिले प्रधानमन्त्रीको फेसबुकबाट, कहिले मन्त्रीको निर्णयबाट संसदबाट पारित बजेट माथि छेडछाड गर्ने कार्य कति विधिसङ्गत छ ?,’ उनले प्रश्न गर्दै भने, ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकहरुको सूचनाको हकका लागि अतुलनीय भूमिका खेलिरहेका सञ्चारमाध्यमलाई प्रोत्साहन गर्नुको सट्टा सामाजिक सञ्जाललाई नै अन्तिम सत्य ठान्ने प्रवृत्तिलाई लोकतन्त्रको लागि सङ्घर्ष गरेका ऐतिहासिक नेपाली छापा तथा सञ्चार माध्यमहरुको इतिहास र महत्त्व थाहा छैन भने एकपटक इतिहास अध्ययन गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु ।’

उनले सरकारको सामाजिक सञ्जाललाई मात्र सूचनाको अन्तिम स्रोत मान्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै नेपाली छापा सञ्चारमाध्यमको ऐतिहासिक भूमिका र महत्त्वलाई बेवास्ता नगर्न आग्रह गरे ।

‘त्यसैले लोक कल्याणकारी विज्ञापनलाई कटौती गर्ने संशोधित कार्यविधि तत्काल खारेज गरियोस् । रकम घटाउने होइन समय अनुकूल वृद्धि गरियोस् । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट निषेध गर्ने सरकारी निर्णय सम्मानित सर्वोच्च अदालतले खारेज गरिसकेको सन्दर्भमा सरकार सरकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी र प्रभावकारी र सम्मान ढङ्गले चाहिँ अगाडि बढाओस् भन्न चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले ‘बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ?’ भन्दै प्रश्न समेत गरिन् । ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महँगिदा समेत सरकार जवाफदेही हुन नसकेको आरोप ...
। नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा कर्णालीका बिरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा राजधानी काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको बताए । कर्णाली प्रादेशिक अस्पतालमा क्याथल्यावको मेसिन जडान भएको दुई ...
। रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा राहत, उद्धार र सरकारको कामकारबाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ । तर समितिको सदस्य संख्या, कार्यावधि र कार्यक्षेत्रबारे भने बिहीवारको छलफलमा सहमति जुट्न सकेन । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार, बिहीबार बसेको सर्वदलीय बैठकले विपद्सँग सम्बन्धित राहत तथा उद्धारको ...
। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोक कुमार चौधरीले सर्पदंशको उपचारका लागि सरकारले लगानी बढाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सर्पले उमेर हेरेर डस्दैन । विषले उमेर हेरेर असर गर्दैन । तर उपचारको ढोका उमेरका आधारमा बन्द हुन्छ भने हामीले त्यसलाई सामान्य रूपमा लिन मिल्दैन’ उनले भने । इटहरीस्थित नेपाली सेनाले ...
। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुनबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिगदेल र रक्षामन्त्री जुनबीच बुधबार औपचारिक भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित एवम् सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । त्यसैगरी प्रधानसेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम