मुख्य समाचार
कृष्णभीरमा सवारीसाधन दुवैतर्फी सञ्चालन
कृष्णभीरमा सवारीसाधन दुवैतर्फी सञ्चालन

: भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। नयाँ ट्र्याक निर्माण भएसँगै बिहीबार बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० र १४ गते आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको आवागमन अवरुद्ध भएको थियो। सम्बन्धित निकायहरूको निरन्तर प्रयासपछि कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी राजमार्ग सञ्चालनमा ल्याउन लागिएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार नयाँ निर्माण सम्पन्न भएसँगै बिहीबार बिहानदेखि राजमार्गमा नियमित रूपमा दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।राजमार्ग सञ्चालनमा ल्याउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित सडक आयोजना तथा कार्यालय, निर्माण व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सवारी चालक, यात्रु तथा अन्य सरोकारवालालाई जिल्ला प्रशासन कार्यालयले धन्यवाद दिएको छ।

तर पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। वर्षायाममा सडकको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले सवारी चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

वर्षा भइरहेको समयमा वा सडकमा पहिरो, ढुंगा तथा अन्य अवरोध देखिए जोखिम मोलेर यात्रा नगर्न, सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न र सडकको अवस्था हेरेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटलमा चेक-इन गर्दा, सुरक्षा चेकजाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई ...
: संविधान संशोधनसम्बन्धी प्रतिनिधिसभा नियमावलीका दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र शारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त नियमावली कार्यान्वयनमा रोक लगाएको हो। नेपाली कांग्रेसकी राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्तसमेतले संघीय संसद् सचिवालयविरुद्ध दायर गरेको रिटमा अदालतले ...
: रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले 'उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई नियन्तरण दिने निर्णय गरेको छ। रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकले विपद्पछि सुरु भएको सर्वदलीय बैठकलाई अब संसद्मा रहेका र नरहेका मुख्य राजनीतिक दलहरू समेत समेटेर ’उच्चस्तरीय राजनीतिक संयन्त्र का रूपमा निरन्तरता दिने निर्णय गरेको हो। बैठकले प्रतिनिधिसभामा एक हप्ताभित्र संसदीय विशेष ...
: चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट चार जनाको शव र एउटा मानव अंग फेला परेको छ। भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा बुधबार चिलिमे हाइड्रोको सुरुङमा ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा चार शव र एउटा मानव अंग फेला परेको हो। गोताखोरसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा शव तथा मानव अंग फेला पारेको नेपाली सेनाले ...
: नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संलग्नहरूलाई कारबाही गरिएको छ। मंगलबार निगमको अमलेखगन्ज डिपोबाट भलवारी डिपोको लागि तीनवटा ट्यांकरमा ल्याइएको डिजल भैरहवास्थित सराफ आयल स्टोर्समा लकिङ प्रणाली बिगारेर चोरी गर्दै गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले फेला परेको थियो। निगमका अनुसार, तीन वटामध्ये पौडेल यातायात प्रालिको लु १ ख ६५०४ र बि.एन.एस.ढुवानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम