मुख्य समाचार
ट्रक र माईक्रो (हायस) एकापसमा ठोक्किँदा चालकसहित १७ जना घाइते
ट्रक र माईक्रो (हायस) एकापसमा ठोक्किँदा चालकसहित १७ जना घाइते

: उदयपुरगढीको अँधेरीमा ट्रक र माईक्रो (हायस) एकापसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन्। बुधबार बिहान १० बजे कटारीबाट गायघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुबाहक माईक्रो बस (हायस) उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडक खण्डमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।

दुर्घटनामा हायसमा सवार चालक तथा सहचालकसहित १७ जना घाइते भएका छन् ।

घाइते हुनेहरू:

१. हायसमा सवार जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ५६ की इन्दिरा श्रेष्ठ,

२. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ७ बस्ने वर्ष अ. २७ की पवित्रा भट्टराई,

३. जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ४८ की रुक माया श्रेष्ठ,

४. जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ५३ की पविना श्रेष्ठ,

५. जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. २४ को लबिन चौलागाई,

६. हायसको सह–चालक जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. ४० को देवराज बि.क.,

७. हायस चालक जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. ४४ को राम बहादुर बि.क.,

८. जिल्ला बाँके नेपालगञ्ज न.पा. वडा नं. ३ बस्ने वर्ष अ. २१ की लक्ष्मी गिरी

९. जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ३ मिलन चोक बस्ने वर्ष अ. ४२ की रस्मिला दाहाल,

१०. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ०६ बस्ने वर्ष अ. ७९ की जमुना राईको,

११. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ०६ बस्ने वर्ष अ. ४१ को एदु चन्द्र राई,

१२. जिल्ला ईलाम जोग माई न.पा. वडा नं. १ बस्ने वर्ष अ. २५ को सगुन गुरुङ,

१३. जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ६ बस्ने वर्ष अ. ३१ को डम्बर बहादुर बि.क.,

१४. जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १ बस्ने वर्ष अ. ४० की सानु थापा,

१६. जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ६ बस्ने वर्ष अ. २० को सुदिप राई,

१७. जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. ५ वस्ने वर्ष अ. ४३ की शान्ति न्यारिका ।

उनीहरुकाे जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते ८ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ। बाँकी घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको र दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संलग्नहरूलाई कारबाही गरिएको छ। मंगलबार निगमको अमलेखगन्ज डिपोबाट भलवारी डिपोको लागि तीनवटा ट्यांकरमा ल्याइएको डिजल भैरहवास्थित सराफ आयल स्टोर्समा लकिङ प्रणाली बिगारेर चोरी गर्दै गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले फेला परेको थियो। निगमका अनुसार, तीन वटामध्ये पौडेल यातायात प्रालिको लु १ ख ६५०४ र बि.एन.एस.ढुवानी ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कामको स्पष्ट बाँडफाँड भएको बताएका छन्। सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहले र पार्टीको जिम्मेवारी आफूले सम्हाल्ने गरी काम विभाजन गरिएको उनले स्पष्ट पारे। प्रधानमन्त्रीले विपत् व्यवस्थापनका विषयमा बेवास्ता नगरेको सभापति लामिछानेले बताए। प्रधानमन्त्री निरन्तर बैठकमा सहभागी भइरहेको र स्थानीय राजनीतिज्ञ तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग ...
: नेपाल टेलिकमको पोलबाट तार चोरी गरेको आरोपमा डिस होममा काम गर्ने तीन कर्मचारी पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नं. १ न्यौपाने गाउँबाट उनीहरूले तार चोरेको आरोप छ। पक्राउ पर्नेमा भोजपुर टेम्केमैयुङ स्थायी घर भएका कुमार भुजेल, काभ्रेपलान्चोक चौरीदेउरालीका रविन्द्र बिक र सिन्धुपाल्चोक मेलम्चीका सागर तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका प्रहरी नायब ...
: नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटवार्ताका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। परराष्ट्रमन्त्री खनालले नेपाल–भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार ...
: भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। नयाँ ट्र्याक निर्माण भएसँगै बिहीबार बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० र १४ गते आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम