मुख्य समाचार
सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ
सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ

। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।

अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ ।


उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् ।

घटनाको २४ घण्टाभन्दा कम समयपछि बुधबार अधिकारी बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए ।

अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रश्न गरेपछि उनीसँग केही समर्थक पनि देखिएका थिए। रिपोर्टअनुसार उनले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए ।

अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ भएको बताएका छन् ।

‘उनी निकै तनावमा छन् र परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन्’ इडले सञ्चारकर्मीसँग भने ।

अर्बनमा कसरी भयो घटना ?

मंगलबार दिउँसो २ बजे आसपासको समयमा अर्बनको नर्मनबी रोडमा कारले ड्राइभवेमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको खबरपछि आपत्कालीन सेवाका टोली पुगेका थिए ।

गम्भीर अवस्थामा रहेकी बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो । तर, केही घण्टापछि उनको मृत्यु भएको थियो ।

घटनामा अधिकारीलाई कुनै चोटपटक लागेको थिएन । अनिवार्य परीक्षणका लागि उनलाई अर्बन अस्पताल लगिएको थियो । त्यसपछि उनलाई अर्बन प्रहरी स्टेसन लगेर प्रहरीले मुद्दा चलाएको थियो ।

अधिकारी अहिले जमानतमा छन् । उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप पुष्टि भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम