मुख्य समाचार
रूसबाट तेल खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने अमेरिकी विधेयकप्रति भारतले आपत्ति जनाए
रूसबाट तेल खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने अमेरिकी विधेयकप्रति भारतले आपत्ति जनाए

: रूसबाट तेल खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने अमेरिकी विधेयकप्रति भारतले कडा आपत्ति जनाएको छ।

अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रजेन्टेटिभ्स) मा बिहीबार यस विधेयकमाथि मतदान हुँदै छ। सिनेटबाट ८६-११ को भारी बहुमतले पारित भइसकेको यो विधेयक तल्लो सदनबाट स्वीकृत भएमा अन्तिम हस्ताक्षरका लागि राष्ट्रपतिका टेबलमा पुग्नेछ।

यसैबीच भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विज्ञप्ति जारी गर्दै बाह्य दबाबका कारण भारतले आफ्नो ऊर्जा नीति परिवर्तन नगर्ने स्पष्ट पारेका छन्। '१४० करोड नागरिकको ऊर्जा सुरक्षा र हितलाई सर्वोपरी राखेर निर्णय लिइएको हो, यो निरन्तर जारी रहनेछ,' उनले भने। 'लिन्से ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान बिल' नाम दिइएको उक्त विधेयकले रूसबाट तेल खरिद गर्ने शीर्ष पाँच राष्ट्रहरूलाई लक्षित गरेको छ।

भारतीय अधिकारीहरूका अनुसार अमेरिकाले जुनसुकै कदम चाले पनि रूससँगको तेल व्यापार नरोकिने बताएकाे छ। सुरुवाती मस्यौदामा देशको नाम उल्लेख नभए पनि अमेरिकी सांसदहरूले संशोधनमार्फत भारत, चीन, टर्की, युएई, हंगेरीसहित १० देशको नाम किटान गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

विधेयक पारित भएमा भारतबाट अमेरिका निर्यात हुने सामानमा भारी कर लाग्ने जोखिम छ। यद्यपि नयाँ दिल्लीले अमेरिकी नीतिको प्रतिवाद गर्दै आफ्नो राष्ट्रिय हित र ऊर्जा आवश्यकता अनुसार रूसबाट तेल खरिद प्रक्रिया नरोकिने स्पष्ट सन्देश वासिङ्टनलाई दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...