: मकवानपुरमा भएका गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु, नवलपरासी पूर्वको कावासोतीका २४ वर्षीय नरबहादुर सिंह र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्।
यस्तै घाइते हुनेहरुमा हेटौँडाकी कल्पना तामाङ, बाराकी २१ वर्षीया बबीयाकुमारी यादव, बाराकै कलैयाका अमिर अन्सारी र मकवानपुरका राजकुमार स्याङतान रहेका छन्।
मगंलबार दिउँसो हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी गाडी भीरबाट १ हजार मिटर तल खसेर दुर्घटना भएको थियो ।