: सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै गुडिरहेको कारमा ढुंगा खस्दा २ जना घाइते भएका छन्।
बा २० च ३९९९ कारमा ढुंगा खस्दा कारको पछाडीको भागमा पूर्ण रूपमा क्षति भएको छ । घाईते हुनेमा बुटवल उपमहानगर पालिका–७ का ४७ बर्षिय जुलन गैरे र बुटवल उपमहानगर पालिका जेसिस चोककी ६२ की वर्षीया राधिका ढकाल रहेका छन्। दुवै जनाको बुटवल हस्पिटल प्रा.लि.मा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जनाकारी दिए। घाईते दुवैजनाको अवस्था मध्यम रहेको बताइएको छ।
कार चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवा बस्ने ३६ वर्षीय राज कुमार लोध भने सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।