: नुहाउने क्रममा खोलाले बगाएकी एक महिला मृत भेटिएकी छन्। वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान ५ बजे आँधीखोलामा नुहाउदै गर्दा बगेर बेपत्ता भएकी थिइन्।
वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल वालिङबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा खोलाले बगाएको स्थानभन्दा झण्डै ४ किलोमिटर तल शान्तिघाटमा पाण्डेको शव भेटिएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
पाण्डेको शव परिक्षणकालागि अस्पतालमा राखिएको छ।