मुख्य समाचार
१५औँ महाधिवेशन विधान र निर्धारित कार्यतालिकाअनुसार नै हुने भन्दै नेता-कार्यकर्तालाई कुनै पनि अलमल र द्विविधामा नपर्न आग्रह
१५औँ महाधिवेशन विधान र निर्धारित कार्यतालिकाअनुसार नै हुने भन्दै नेता-कार्यकर्तालाई कुनै पनि अलमल र द्विविधामा नपर्न आग्रह

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन विधान र निर्धारित कार्यतालिकाअनुसार नै हुने भन्दै नेता-कार्यकर्तालाई कुनै पनि अलमल र द्विविधामा नपर्न आग्रह गरेका छन्।

निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनमा सहभागी नहुन आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि सभापति थापाले पनि सार्वजनिक अपिलमार्फत नेता-कार्यकर्तालाई महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका हुन्।

थापाले २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनका लागि असोज ३ र ४ गते वडा तहबाट सुरु हुने अधिवेशनमा उत्साहका साथ सहभागी हुन कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

उनले नेपालको संविधान, कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम महाधिवेशन हुन लागेको उल्लेख गर्दै पार्टीभित्र फरक मत र असमझदारी भए पनि त्यसको समाधान संवाद, विधि र पद्धतिबाट खोज्नुपर्ने बताएका छन्।

‘लोकतन्त्रमा फरक मत हुने गर्छन्, पार्टीभित्र आन्तरिक मतभेद र असमझदारी हुनसक्छन् तर ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद, विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ थापाले अपिलमा भनेका छन्।

महाधिवेशनमा सबैको सहज र उत्साहपूर्ण सहभागिता सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिले पार्टीभित्र संवाद र सहमतिको वातावरण बनाउन अधिकतम प्रयास गरेको उनको भनाइ छ। उनले सबै सदस्य सहभागी भएर हुने महाधिवेशन नै फरक विचारको सम्मान, सम्बोधन र उचित विचारको अनुमोदन गर्ने उत्तम माध्यम भएको बताएका छन्।

थापाका अनुसार २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय पार्टीले गरिसकेको छ। त्यसअनुसार सदस्यता व्यवस्थापन समितिले सदस्यता नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशनको प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिएका छन्।

त्यस्तै भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष केन्द्रीय महाधिवेशन हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय गरिसकेको थापाले उल्लेख गरेका छन्।

‘तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य साथीहरू वर्तमान केन्द्रीय कार्यसमितिको पनि सदस्य सुनिश्चित भइसकेकोले १५औँ महाधिवेशनको यो प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा नै सहभागी हुने हुँदा कुनै पनि अलमल एवं द्विविधामा नपरी असोज ३ र ४ गतेको वडा अधिवेशनलगायत अन्य तहका निर्धारित कार्यतालिकाबमोजिमका अधिवेशनमा सहभागी हुन विशेष आग्रह गर्दछु,’ थापाले भनेका छन्।

थापाले असोज ३ गते वडाबाट सुरु हुने महाधिवेशन प्रक्रिया असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने १५औँ महाधिवेशनबाट सम्पन्न हुने उल्लेख गरेका छन्।

उनले पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै सबैलाई सहभागी गराएर सौहार्दपूर्ण वातावरणमा महाधिवेशन सम्पन्न गर्नसमेत अपिल गरेका छन्। थापाले महाधिवेशनमार्फत कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्नसक्ने बलियो पार्टी निर्माण गर्ने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरीमा नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन्। बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। एक सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टिमले उनलाई पक्राउ गरेको हो। जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ ...
: सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ भक्तपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय यमनाथ चालिसे(राजन) रहेका छन्। २६ जेठ २०६५ मा मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडक खण्डमा सवारी दुर्घटना गराएर चालिसे फरार रहेका थिए। मगंलबार प्रहरी वृत ठिमीबाट खटिएको प्रहरी टोलिले उनलाई फक्राउ गरेको हो। उनीमाथि थप ...
: मकवानपुरमा भएका गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु, नवलपरासी पूर्वको कावासोतीका २४ वर्षीय नरबहादुर सिंह र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्। यस्तै घाइते हुनेहरुमा हेटौँडाकी कल्पना तामाङ, बाराकी २१ वर्षीया ...
: डोटीको सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी २२ वर्षीय प्रिंयका श्रेष्ठले मंगलबार बेलुकी ५ बजेतिर दिपायलस्थित झोलुङ्गे पुलबाट सेतीमा हाम फालेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर कठायतको कमाण्डमा १० जनाको प्रहरी टोली ...
: सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै गुडिरहेको कारमा ढुंगा खस्दा २ जना घाइते भएका छन्। बा २० च ३९९९ कारमा ढुंगा खस्दा कारको पछाडीको भागमा पूर्ण रूपमा क्षति भएको छ । घाईते हुनेमा बुटवल उपमहानगर पालिका–७ का ४७ बर्षिय जुलन गैरे र बुटवल उपमहानगर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम